काठमाडौँ- गायक प्रकाश सपुत र गायिका लक्ष्मी आचार्यको देउडा गीत ‘लाई हेल कालो टिको’ सार्वजनिक भएको छ। गीतमा शब्द र संगीत नरेन्द्रराज रेग्मीको रहेको छ।
लक्ष्मी आचार्यको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको म्युजिक भिडियोको निर्देशन मौसम हिमालीले गरेका छन्।
सुदूरपश्चिमको कला र संस्कृति देखाइएको म्युजिक भिडियोमा प्रकाश र लक्ष्मीकै अभिनय रहेको छ।
गायक प्रकाश सपुतले पहिलोपटक देउडा गीत गाएको बताए। ‘सुदूरको सुन्दर देउडा भाकामा पहिलोपटक आवाज भरेको छु,’ उनले भने, ‘सुदूरका कलाकारजस्तै गाउन नसके पनि कोसिस गरेको छु।’
प्रकाशित: १० पुष २०७९ ११:४२ | Sunday, December 25, 2022
प्रतिक्रिया





