पोखरामा सडक महोत्सव हुँदै, खान बस्‍नमा २० प्रतिशत छुट

हिमाल प्रेस ११ पुष २०७९ २१:३८ | Monday, December 26, 2022
पोखरामा सडक महोत्सव हुँदै, खान बस्‍नमा २० प्रतिशत छुट सडक महोत्सवबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलन। तस्बिर-विजय उत्सव/हिमाल प्रेस

पोखरा– अंग्रेजी नयाँ वर्ष सन् २०२३ अवसरमा पोखरामा २४ औं पोखरा सडक महोत्सव आयोजना हुने भएको छ। फेवाताल किनार बाराहीघाटमा पुस १३-१७ सम्म महोत्सव आयोजना हुने आयोजक रेवान पोखरोले सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ।

अफसिजनमा पनि पर्यटन प्रवर्द्धन उद्देश्यका साथ सडक महोत्सवको अवधारणा ल्याएको रेवान पोखराले जनाएको छ। नेपालका हुने मेला महोत्सवमध्ये यो महोत्सव सबैभन्दा ठूलो क्षेत्रफलमा हुने महोत्सव रहेको आयोजकको दाबी छ। फेवाताल किनारको सडकमा सवारी साधन आवागमन बन्द गरेर पाँच दिनसम्म सडक महोत्सव हुने बताइएको छ।

महाभूकम्प, नाकाबन्दी र कोभिडलगायत कारणले झेलेकोमा परेको महोत्सव यसपटक भव्यताका साथ आयोजना हुने रेवान अध्यक्ष एवम् महोत्सव संयोजक नरेश भट्टराईले जानकारी दिए। ‘सडकमै खाऔं, सडकमै रमाऔं’ भन्ने नाराका साथ लेकसाइडको ३ किमी क्षेत्रफल (फिस्टेल गेटदेखि जरेबर) मा सडक महोत्सव हुने उनले बताए।

‘महोत्सवमा सांस्कृतिक कार्यक्रम, रात्रिकालीन कन्सर्ट, मौलिक भेषभूषा प्रदर्शन, खानाका परिकार, दोहोरीगीत प्रतियोगिता, झाँकी प्रदर्शन, डुंगा दौड, भेट्रान टेनिस प्रतियोगिता, वेटर रेस, टग अफ वार, पर्यटकीय गन्तव्यको डकुमेन्ट्री प्रदर्शनीलगायत कार्यक्रम हुनेछ,’ उनले भने।

५ लाख दर्शकले अवलोकन गर्ने महोत्सवमा ८५ लाख रुपैयाँ बरबरको कारोबार हुने आयोजकको अनुमान छ। महोत्सव समयभर पश्चिमाञ्चल होटल संघमा आवद्ध ४ सय २५ वटा होटलले कोठा भाडालगायत सेवामा २० प्रतिशतसम्म छुट दिने बताइएको छ।

प्रकाशित: ११ पुष २०७९ २१:३८ | Monday, December 26, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast