पुसमा ब्याजदर नघट्ने

हिमाल प्रेस २७ मंसिर २०७९ १६:२६ | Tuesday, December 13, 2022
पुसमा ब्याजदर नघट्ने

काठमाडौँ- वाणिज्य बैंकहरूले पुसमा पनि ब्याजदर नघटाउने भएका छन्। मंगलबार बसेको नेपाल बैंकर्स संघको बैठकले मंसिरकै ब्याजदरलाई निरन्तरता दिने निर्णय गरेको हो।

राष्ट्र बैंकले हरेक महिना ब्याजदर थपघट गर्ने सुविधा दिएको छ। मंसिरमा बचत खाताको ब्याजदर ९.१३३ प्रतिशत र मुद्दती खाताको ब्याजदर १२.१३३ प्रतिशत छ।

ब्याजदर परिवर्तन नगर्ने बैंकर्स संघको निर्णयसँगै पुसमा पनि यही दरले निरन्तरता पाउने भएको छ।
‘क’ वर्गका बैंकले ब्याजदर नघटाउने निर्णय गरेपछि विकास बैंक र फाइनान्स कम्पनीहरूले पनि नघटाउने सम्भावना देखिएको छ। उनीहरू हरेक महिना वाणिज्य बैंकको ब्याजदरसम्बन्धी निर्णय कुरेर बस्ने गरेका छन्। त्यसपछि मात्रै ब्याजदर सार्वजनिक गर्छन्।

चर्को ब्याजदर भएको भन्दै उद्योगी/व्यवसायी राष्ट्र बैंक र सरकारविरुद्ध आन्दोलनमा छन्। राष्ट्र बैंकले चाहिँ ब्याजदर बजारले निर्धारण गर्ने भन्दै माग सम्बोधनमा उदासिन बन्दै आएको छ।

प्रकाशित: २७ मंसिर २०७९ १६:२६ | Tuesday, December 13, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast