पहिलो चरणमा तीन उपप्रधानमन्त्रीसहित मन्त्रिपरिषद्‍ गठनको तयारी

हिमाल प्रेस ११ पुष २०७९ १४:४७ | Monday, December 26, 2022
पहिलो चरणमा तीन उपप्रधानमन्त्रीसहित मन्त्रिपरिषद्‍ गठनको तयारी

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा तीन जना उपप्रधानमन्त्री बनाउने तयारी गरिएको छ। संसद् भवनमा भएको बैठकमा एमालेका विष्णु पौडेल, माओवादीका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेलाई उपप्रधानमन्त्री बनाउनेबारे छलफल भएको हो।

श्रेष्ठलाई उपप्रधानमन्त्रीसँगै परराष्ट्र मन्त्रालय दिने तयारी छ। लामिछानेले भने गृह मन्त्रालयमा दाबी गरेका छन्। पौडेललाई अर्थमन्त्री बनाउनेबारे छलफल भएको एक नेताले जानकारी दिए।

आज (सोमबार) अपरान्ह ४ बजे प्रचण्डले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिनेछन्। साथै केही मन्त्रीहरूले पनि शपथ लिने बताइएको छ।

प्रकाशित: ११ पुष २०७९ १४:४७ | Monday, December 26, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast