नेपाल टि२० : ओमरजाईको अर्धशतकमा काठमाडौँले पोखरालाई दियो १६३ रनको लक्ष्य

हिमाल प्रेस ९ पुष २०७९ ११:१० | Saturday, December 24, 2022
नेपाल टि२० : ओमरजाईको अर्धशतकमा काठमाडौँले पोखरालाई दियो १६३ रनको लक्ष्य

काठमाडौँ- अज्मतुल्लाह ओमारजाईले विष्फोटक ब्याटिङ गरेपछि काठमाडौँ नाइट्सले नेपाल टि२० क्रिकेट लिगको पहिलो खेलमा पोखरा एभेन्जर्सलाई १६३ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा जारी खेलमा काठमाडौँले १९ ओभरमा पाँच विकेट गुमाएर १६२ रनको योगफल तयार पारेको थियो।

जसमा अफगानस्तानका अलराउन्डर ओमारजाईको अविजित ८५ रन सम्मिलित थियो। टि२० विश्वकप खेलेको अफगानी टिमका सदस्य रहेका ओमारजाईले ४२ बल सामना गर्दा सात छक्का र तीन चौका प्रहार गरे।

त्यसअघि ओपनर सन्तोष कार्कीलाई ३ रनमै गुमाएपछि काठमाडौँले खराब सुरुवात गरेको थियो। अर्का ओपनर भिरनदीप सिंह १५ बलमा १० रन बनाएर आउट भए भने कप्तान ज्ञानेन्द्र मल्ल शून्यमा सीमित हुँदा काठमाडौँ झनै अप्ठ्यारोमा प¥यो। सन्तोष ज्ञानेन्द्र किशोर अलराउन्डर प्रतिस जीसीको सिकार बने।

तेस्रो ओभरको समाप्तीमा ६÷२ को स्थितिमा रहेको काठमाडौँलाई इंग्लिस ब्याट्सम्यान एलेक्स ब्लेकले उकास्ने प्रयास गरेका थिए। उनले २२ बल सामना गर्दा २१ रन बटुल्न सके। उनलाई अफगानिस्तान जाहिर खानले आउट गरे। ब्लेकपछि जाहिरले आठौँ ओभरमै लोकेश बम (४) लाई पनि पभेलियन फर्काइदिए।

तर ओमारजाई र सुनम गौतमले टिकेर खेलेपछि काठमाडौँले आफ्नो इनिङ्स बलियो ढंगले अन्त्य ग¥यो। अविजित रहेका सुनमले २८ बलमा २७ रन प्रहार गरेका थिए।

प्रकाशित: ९ पुष २०७९ ११:१० | Saturday, December 24, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast