फिल्म निर्देशनमा हात हाल्दै गायिका टेलर स्विफ्ट

हिमाल प्रेस २५ मंसिर २०७९ १६:१७ | Sunday, December 11, 2022
फिल्म निर्देशनमा हात हाल्दै गायिका टेलर स्विफ्ट

काठमाडौँ- अमेरिकी गायिका टेलर स्विफ्टले फिल्म निर्देशनमा डेब्यु गर्दैछिन्। उनले सर्चलाइट पिक्चर्सबाट निर्देशनमा प्रवेश गर्ने स्टुडियोले जनाएको छ।

‘टेलर आफ्नो पुस्ताकी उम्दा कलाकार र कथावाचक हुन्,’ स्टुडियोको प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘उनीसँग काम गर्नु पाउनु हाम्रा लागि सुन्दर र सुखद हुनेछ।’

फिल्ममा पटकथा स्विफ्टकै रहनेछ। जो उनले लेखिसकेकी छन्। उनले हालै ‘अल टू वेल : द सर्ट फिल्म’, ‘द म्यान’का लागि उत्कृष्ट निर्देशकको अवार्ड जितेकी छन्।

उनले लेखेको र निर्देशन गरेको ‘अल टू वेल : द सर्ट फिल्म’ को ‘अल टू वेल’ गीत सन् २०२२ ‘ट्रिबेका फिल्म फेस्टिभल’ र ‘टोरन्टो इन्‍टरनेसनल फिल्म फेस्टिभल’मा देखाइएको थियो।

आगामी अस्कर अवार्डमा सर्ट फिल्म विधामा स्विफ्टले निर्देशन गरेको फिल्म ‘अल टू वेल : द सर्ट फिल्म’ पनि परेको छ।

हालै ‘अमेरिकन म्युजिक अवार्ड’को ५० औँ संस्करणमा स्विफ्टले सर्वाधिक अवार्ड जितेर इतिहास रचेकी थिइन्।

उनले ‘आर्टिस्ट अफ द इयर’, ‘फेभरेट फिमेल पप आर्टिस्ट’, ‘फेभरेट पप एल्बम’, ‘फेभरेट म्युजिक भिडियो’, ‘फेभरेट फिमेल कन्ट्री आर्टिस्ट’, ‘फेभरेट कन्ट्री एल्बम’ विधामा छ अवार्ड हात पारेकी थिइन्।

‘एमटीभी युरोपियन मुभी अवार्ड (ईएमए)’ मा पनि उनी सर्वाधिक चार अवार्ड हात पार्न सफल भएकी थिइन्। ३२ वर्षीया उनले ‘अल टू वेल’को लागि वर्षको उत्कृष्ट कलाकार, उत्कृष्ट भिडियो, उत्कृष्ट पप र उत्कृष्ट लामो भिडियोको अवार्ड जितेकी थिइन्।

सर्चलाइटले यसअघि ‘द सेप अफ वाटर’, ‘नोमडल्यान्ड’ लगायत फिल्म निर्माण गरेको छ।

प्रकाशित: २५ मंसिर २०७९ १६:१७ | Sunday, December 11, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast