काठमाडौँ- त्रिभुवन विश्वविद्यालय स्नातकोत्तर तह सेमेस्टर प्रणालीमा भर्ना खुलाएको छ। विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालयले माघ २२ गतेदेखि कक्षा सञ्चालन गर्नेगरी भर्ना खुलाएको हो।
त्रिवि मानविकी तथा समाजशास्त्र संकाय, व्यवस्थापन संकाय, शिक्षाशास्त्र संकाय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका क्याम्पसमा शैक्षिक बर्ष २०७९/०८० स्नातकोत्तर तह प्रथम सेमेस्टरमा नयाँ विद्यार्थी भर्ना खुलाएको छ।
त्रिविले पुस ५ गतेदेखि माघ ४ गतेसम्म आवदेन फारम वितरण गर्ने र बुझाउने समय निर्धारण गरेको छ। आवेदकले हालसालै खिचेको फोटो, स्नातक तह उर्तीण गरेको ट्रान्सक्रिप्ट, चारित्रिक प्रमाणपत्रको प्रमाणित प्रतिलिपि सहित आवेदन दिन त्रिविले सुचित गरेको छ।

प्रकाशित: ६ पुष २०७९ १२:३० | Wednesday, December 21, 2022
प्रतिक्रिया




