त्रिभुवन विश्वविद्यालयमा आइतबारदेखि बिदा

हिमाल प्रेस १६ पुष २०७९ १३:२३ | Saturday, December 31, 2022
त्रिभुवन विश्वविद्यालयमा आइतबारदेखि बिदा फाइल तस्बिर

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले जाडो बढेसँगै हिउँदे बिदा दिएको छ। त्रिविअन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा भोलिदेखि हिउँदे बिदा गर्न थालेको हो।

त्रिवि कार्यकारी परिषद्ले पुस १७ गतेदेखि बढीमा २२ दिन हिउँदे बिदा गर्ने निर्णय गरेको त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले जानकारी दिए।

उनले उक्त समयमा पठनपाठन बन्द हुने र प्रशासनिक कार्य भने सञ्चालन हुने बताए। हिउँदे बिदाको समयमा तोकिएका परीक्षा भने नियमित सञ्चालन हुनेछन्। त्रिविमा ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस छन्।

 

प्रकाशित: १६ पुष २०७९ १३:२३ | Saturday, December 31, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast