तस्बिरमा ज्यापु दिवस

दिपेश श्रेष्ठ २२ मंसिर २०७९ १२:२६
तस्बिरमा ज्यापु दिवस

काठमाडौँ- आज (बिहीबार) १९ औँ ज्यापु दिवस तथा योःमरी पुन्हिको अवसरमा विभिन्न कार्यक्रम गरिएको छ। ज्यापु संस्कृति विकास कोषको आयोजनामा सांस्कृतिक र्‍याली र सभा गरिएको हो।

सभामा प्रधानमन्त्री शेरबहादुर देउवा, पर्यटनमन्त्री जीवनराम श्रेष्ठ, नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलगायतको सहभागिता थियो।

नेपाल संवत‍्को दोस्रो महिना थिंलामा पर्ने भएकाले यसलाई ‘थिंला पुन्हि’ पनि भनिन्छ। नेवार समुदायमा कृषिसम्बन्धी धेरै चाडपर्व हुने गर्दछन्। मौसमअनुसारको खानपान गर्न सिपालु नेवार समुदायले त्यही खाने पकवानको नामबाटै पनि चाडपर्वलाई परिचित गराएका छन्।

मार्ग शुक्ल पूर्णिमाको दिन मनाइने योःमरी पुन्हि पनि यस्तै एउटा पर्व हो, जसको नाम स्वादिष्ट पकवान योःमरीबाट प्रख्यात छ।

प्रकाशित: २२ मंसिर २०७९ १२:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast