काठमाडौँ– फिल्म ‘डिसेम्बर फल्स’को ट्रेलर सार्वजनिक भएको छ। आर्यन सिग्देल र उपासना सिंह ठकुरी मुख्य भूमिका रहेको फिल्मको ट्रेलर २ मिनेट २३ सेकेन्ड लामो छ।
ट्रेलरमा आर्यन, उपासनासँगै सलोन बस्नेत, शिवहरि पौडेल, नरेश भट्टराईलगायत कलाकार अटाएका छन्।
उपासनाको प्रेम पाउन आर्यन गर्ने प्रयास ट्रेलरमा देख्न सकिन्छ। प्रेममा परेपछि दुईबीच आउने फाटो पनि ट्रेलरमा देखाइएको छ।
फिल्ममा नगेन्द्र रिजाल, शिशिर राना, गीता अधिकारी, प्रभात ठकुरी, सुमन थापालगायत कलाकारको अभिनय पनि रहेको छ।
प्रवीण झाको निर्देशन रहेको फिल्म पुस १५ मा प्रदर्शनमा आउनेछ।
प्रकाशित: १ पुष २०७९ १२:२२ | Friday, December 16, 2022
प्रतिक्रिया





