काठमाडौँ- फिल्म ‘डिसेम्बर फल्स’ आजदेखि प्रदर्शनमा आएको छ। फिल्ममा आर्यन सिग्देल र उपासना सिंह ठकुरी मुख्य भूमिकामा छन्।
‘चकलेटी हिरो’का छवि बनाएका आर्यन फिल्ममा एक्सन अवतारमा देखिनेछन्। यस फिल्मबाट आर्यन लामो समयपछि पर्दामा फर्किदैछन्।
प्रवीण झाको निर्देशन रहेको फिल्ममा नगेन्द्र रिजाल, शिशिर राना, गीता अधिकारी, प्रभात ठकुरी, सुमन थापालगायत कलाकारको अभिनय छ।
प्रकाशित: १५ पुष २०७९ ११:११ | Friday, December 30, 2022
प्रतिक्रिया





