जापानले काभ्रेमा स्वास्थ्यचौकी बनाउने

हिमाल प्रेस २८ मंसिर २०७९ १२:४५ | Wednesday, December 14, 2022
जापानले काभ्रेमा स्वास्थ्यचौकी बनाउने

काठमाडौँ- जापान सरकारले काभ्रेपलाञ्चोकमा स्वास्थ्यचौकी बनाउने भएको छ। यसका लागि नेपालका लागि जापानका राजदूत किकुता युताका र ग्रामीण सशक्तीकरण समाजका अध्यक्ष मनोजराज पन्तबीच सम्झौता भएको छ।

स्वास्थ्यचौकी जापानको ‘ग्रासरुट ह्युमन सेक्युरिटी प्रोजेक्ट’ (जीजीपी) परियोजनाअन्तर्गत बन्ने छ। भवन निर्माणका लागि जीजीपीले अमेरिकी डलर १ लाख १३ हजार (करिब १ करोड ४८ लाख रूपैयाँ) सहयोग गर्ने जनाएको छ।

स्वास्थ्यचौकी काभ्रेको चुरेदेउराली गाउँपालिकामा निर्माण हुनेछ। यो गाउँपालिकामा अहिले एउटा मात्रै स्वास्थ्यचौकी छ। जीजीपी परियोजनामा बन्ने नयाँ स्वास्थ्यचौकीमा सोलार बत्तीसमेत जडान हुनेछ। त्यसका साथै आधारभूत स्वास्थ्यका लागि आवश्यक सम्पूर्ण मेडिकल सामग्री र औषधि पनि सहयोग गर्ने परियोजनाले जनाएको छ।

प्रकाशित: २८ मंसिर २०७९ १२:४५ | Wednesday, December 14, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast