जसपाको चुनावी समीक्षा बैठक जनकपुरमा सुरु

हिमाल प्रेस १३ पुष २०७९ १८:१४ | Wednesday, December 28, 2022
जसपाको चुनावी समीक्षा बैठक जनकपुरमा सुरु फाइल तस्बिर

जनकपुरधाम– जनता समाजवादी पार्टी, नेपाल (जसपा)को चुनावी समीक्ष बैठक मधेश प्रदेश राजधानी जनकपुरधाममा बुधबार सुरु भएको छ।

हालै सम्पन्न प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेसँग तालमेल गरेर चुनाव लडेको जसपाले केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा समीक्षा बैठक गरेको हो।

निर्वाचनमा प्रदेश र प्रतिनिधिसभातर्फ पार्टीले प्रत्यक्ष र समानुपातिकमा जितेको सिट संख्या, निर्वाचनका क्रममा भएको अन्तर्घात, निर्वाचन आयोगको भूमिका र मतदाताको मनोविज्ञानबारे बैठकमा समीक्षा हुने जसपा नेताहरूले बताएका छन्।

दुई दिनसम्म चल्ने बैठकले मधेस प्रदेशका लागि संसदीय दलको नेतासमेत चयन गर्ने बताइएको छ। बैठकमा पार्टी केन्द्रीय अध्यक्ष यादवसँगै मधेस सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, कृषिमन्त्री विजय यादव, सुरेश यादव, जीतेन्द्र यादवलगायत नेताहरू उपस्थित छन्।

प्रकाशित: १३ पुष २०७९ १८:१४ | Wednesday, December 28, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast