गगनको निगरानी गरेको भन्दै समर्थकले समाते दुई प्रहरी

हिमाल प्रेस ६ पुष २०७९ ७:२७ | Wednesday, December 21, 2022
गगनको निगरानी गरेको भन्दै समर्थकले समाते दुई प्रहरी

काठमाडौँ- कांग्रेस संसदीय दलको नेताका लागि उम्मेदवारी दिएका महामन्त्री गगन थापाका गतिविधि निगरानी गरेको भन्दै उनका समर्थकले दुईजना प्रहरीलाई समातेका छन्।

मंगलबार राति गगन बसेको लाजिम्पाटको एक होटेल बाहिर‍ साधा पोसाकमा प्रहरी खटिएको पाइएको गगनको सचिवालयले जानकारी दिएको छ।
गगनका स्वकीय सचिव सविनबाबु मुडबरीले आफ्नो फेसबुकमा केही प्रहरीको परिचयपत्रसहितको पोस्ट पनि गरेका छन्।

उनका अनुसार गगनका समर्थकले साधा पोसाकमा रहेका दुईजनालाई समातेका थिए। खोजतलास गर्दा उनीहरूको साथबाट प्रहरीको परिचयपत्र भेटिएको उनको छ।

संस्थापन पक्षले आफूहरूका गतिविधि निगरानीका लागि प्रहरी खटाएको हुनसक्ने आरोप छ।

 

प्रकाशित: ६ पुष २०७९ ७:२७ | Wednesday, December 21, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast