कोहलपुरमा जथाभाबी पार्किङ गरे लाग्न सक्छ ‘ह्विल लक’

हिमाल प्रेस १ पुष २०७९ १०:३४ | Friday, December 16, 2022
कोहलपुरमा जथाभाबी पार्किङ गरे लाग्न सक्छ ‘ह्विल लक’

बाँके कोहलपुर बजार क्षेत्रमा हुने जामलाई व्यवस्थित गर्न र अनधिकृत पार्किङलाई निरुत्साहित गर्न ‘ह्विल लक’ लगाउने अभियान सुरु गरिएको छ।

अनधिकृत रूपमा पार्किङ गर्ने सवारीसाधनलाई विशेष कारबाहीअन्तर्गत ‘ह्विल लक’ लगाउन सुरु गर्न लागिएको नगर प्रहरी प्रमुख वीरबहादुर थापाले जानकारी दिए। ‘ह्विल लक’ अभियानअन्तर्गत नगरमा माइकिङ गर्न सुरु गरिएको छ। जथाभाबी पार्किङले ट्राफिक जाम हुने र दुर्घटनाको जोखिमसमेत हुने भएकाले त्यसलाई नियन्त्रण गर्न कडाइ गर्न थालिएको उनको भनाइ छ।

कोहलपुर भित्री बजार क्षेत्रमा पनि अव्यवस्थित पार्किङलाई निरुत्साहित गर्ने गरी अभियान थालिएको नगर प्रहरी प्रमुख थापाले बताए। ‘निश्चित पार्किङस्थलबाहेक अन्यन्त्र सवारीसाधन पार्किङ गरेको पाइए नगर प्रहरीले ‘ह्वील लक’ लगाएर सवारी साधन कारबाही गर्नेछ,’ उनले भने।

कोहलपुर नगर प्रहरीले अहिले पाँच वटा ‘ह्वील लक’ ल्याएको छ। नगर प्रहरीले नगरलाई व्यवस्थित पार्ने अभियानअन्तर्गत फुटपाथ, ठेला, अतिक्रमित संरचनालगायत हटाउने काम गरिरहेको छ।

प्रकाशित: १ पुष २०७९ १०:३४ | Friday, December 16, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast