कोभिडको नयाँ भेरियन्टबाट जोगिन आवश्यक : स्वास्थ्य मन्त्रालय

हिमाल प्रेस ७ पुष २०७९ १८:१८ | Thursday, December 22, 2022
कोभिडको नयाँ भेरियन्टबाट जोगिन आवश्यक : स्वास्थ्य मन्त्रालय फाइल तस्बिर

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को नयाँ भेरियन्टबाट जोगिन सचेत गराएको छ। छिमेकी देशहरूमा कोभिडको नयाँ भेरियन्टको जोखिम बढेकाले नेपालमा पनि यस प्रकारको संक्रमण फैलनसक्ने अवस्था देखिएकाले यसप्रति सचेत रहन मन्त्रालयले सर्वसाधारणमा सूचित गरेको हो।

‘कोभिड १९ संक्रमणको जोखिम फरक स्वरूपमा देखिरहेको पछिल्लो अवस्थालाई मध्यनजर गर्दै मास्क प्रयोग गर्न, आपसमा भौतिक दूरी कायम राख्न, हात मुखको सरसफाइ गर्न मन्त्रालय अनुरोध गर्दछ,’ मन्त्रालयले बिहीबार जारी गरेको सूचनामा उल्लेख छ।

मन्त्रालयले जारी गरेको सूचना:

प्रकाशित: ७ पुष २०७९ १८:१८ | Thursday, December 22, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast