कास्कीमा एकै दिन कांग्रेसका दुई नेताको निधन

हिमाल प्रेस १३ पुष २०७९ १४:३९ | Wednesday, December 28, 2022
कास्कीमा एकै दिन कांग्रेसका दुई नेताको निधन

पोखरा- कास्कीमा एकै दिन कांग्रेसका २ नेताको निधन भएको छ। कांग्रेसका नेता विष्णुप्रसाद बास्तोला र कांग्रेसनेतृ टेकनशोभा गुरुङको बुधबार निधन भएको हो। दुवै जना क्यान्सरबाट पीडित थिए। बास्तोला पोखरा उपत्यका नगर विकास समितिका पूर्व अध्यक्ष एवं कांग्रेस कास्कीका पूर्व उपसभापति हुन्।

उनी उपत्यका नगर विकास समितिका ३ कार्यकालका अध्यक्ष भएर काम गरेका थिए। उनी तत्कालीन पोखरा उपमहानगरपालिका वडा ९ का अध्यक्ष पनि हुन्उ। नको ६४ वर्षको उमेरमा आफ्नै निवास पोखरा नयाँबजारमा बिहान सवा ४ बजे निधन भएको हो।

उनको निधनमा पोखरा उपत्यका नगर विकास समिति र पोखरा वडा ९ मा बुधबार सरकारी कामकाज बन्द गरिएको पोखरा महानगरका मेयर धनराज आचार्यले बताए। यस्तै, कांग्रेस महाधिवेशन प्रतिनिधि टेकनशोभा गुरुङको पनि बुधबार नै महेन्द्रपुलस्थित मेडिप्लस अस्पतालमा निधन भएको हो। कास्कीको घाचोक निवासी गुरुङ २०७४ सालको स्थानीय तह निर्वाचनमा माछापुच्छे« गाउँपालिकाको उपाध्यक्षकी प्रत्यासी थिइन्।

प्रकाशित: १३ पुष २०७९ १४:३९ | Wednesday, December 28, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast