‘कालो केशमा’ देखिइन् मिरुना मगर

हिमाल प्रेस ४ पुष २०७९ १२:२६ | Monday, December 19, 2022

काठमाडौँ- सुनीता थेगिमको स्वर रहेको गीत ‘कालो केशमा रेलिमाई’ सार्वजनिक भएको छ। गीतको म्युजिक भिडियोमा अभिनेत्री मिरुना मगरको अभिनय छ। उनीसँगै गणेशमान घले पनि भिडियोमा फिचर्ड छन्।

पछिल्लो समय मिरुना फिल्म ‘कबड्डी ४’मा देखिएकी थिइन्। रामबाबु गुरुङ निर्देशित फिल्ममा उनले दयाहाङ राई, सौगात मल्ल, बुद्धि तामाङलगायत कलाकारसँग काम गरेकी छन्।

रामबाबु गुरुङकै निर्देशनमा बन्ने फिल्म ‘फुलबारी’मा पनि मिरुना जोडिएकी छन्। फिल्ममा उनी अतिथि भूमिकामा हुनेछिन्।

दिनेश ढकालको शब्द रहेको गीतमा थेगिमका स्वरसँगै संगीत पनि रहेको छ। गीत यसअघि दिनेश ढकालकै स्वरमा सार्वजनिक भइसकेको छ।

ढकाल यस गीतका सर्जक हुन्। गीतमा उनकै शब्द, संगीत र स्वर रहेको छ। त्यतिबेला गीत निकै चर्चित भएको थियो। त्यसैले गीत महिला स्वरमा पनि ल्याइएको हो।

प्रकाशित: ४ पुष २०७९ १२:२६ | Monday, December 19, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast