कार्यपालिका सदस्यलाई हर्क साम्पाङको ‘धम्की’प्रति ६ दलको आपत्ति

हिमाल प्रेस ३ पुष २०७९ १६:३७ | Sunday, December 18, 2022
कार्यपालिका सदस्यलाई हर्क साम्पाङको ‘धम्की’प्रति ६ दलको आपत्ति

इटहरी– धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको अभिव्यक्तिप्रति धरानमा क्रियाशील ६ वटा राजनीतिक दलहरूले आपत्ति जनाएका छन्। उपमहानगरपालिकाको ०७९ असोज १३ गते सम्पन्न कार्यपालिका बैठकमा मेयर साम्पाङले कार्यपालिका सदस्य अनुप देवानलाई आफ्नो विचार नै राख्न नदिएको भन्दै ती दलले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन्।

हालको संघीय व्यवस्था स्थापना गर्नका लागि नेपालका धेरै राजनीतिक पार्टी, तिनका नेता, कार्यकर्ताको संघर्ष र सहिदहरूको बलिदानी रहेको स्मरण गराउँदै हर्क साम्पाङ यो व्यवस्थाविरुद्ध अधिनायकवादी शैलीमा उभिएकोसमेत दलहरूले आरोप लगाएका छन्।

उक्त बैठकपछि साम्पाङले समस्या समाधान गर्नुको साटो पत्रकार सम्मेलन गर्दै देवानलाई धम्क्याउने तवरले उनको राजीनामा माग्न अग्रसर भएको भन्दै हर्कले आफ्नो सो अभिव्यक्ति फिर्ता लिन पनि दलहरूले माग गरेका छन्।

‘लोकतान्त्रिक व्यवस्थामा एउटा निर्वाचित जनप्रतिनिधिलाई आफ्नो मत राख्न नदिएको घटनाले धरान उपमहानगरपालिकामा स्वेच्छाचारी, अप्रजातान्त्रिक मपाईंतन्त्र र अधिनायकवादको उदय हुन लागेको आभाष भएको छ,’ धरान नगर कमिटीबाट नेपाली कांग्रेस सभापति श्याम पोखरेल, नेकपा एमाले अध्यक्ष हर्कराज एभेङ, नेकपा माओवादी केन्द्र इन्चार्ज चोत्लुङ फोक्वाहाङ (सुब्बा), जसपा अध्यक्ष तावजु लिम्बू, नेकपा एस अध्यक्ष रेवती रमण राई र राप्रपा अध्यक्ष दोर्जे शेर्पाले आइतबार संयुक्त रूपमा जारी विज्ञप्तिमा भनिएको छ,’तसर्थ मेयरले आफ्नो शब्द फिर्ता लिई संवाद, छलफल र सामूहिक सहकार्यअनुरूप अघि बढ्न हाम्रो सुझाव छ।’

प्रकाशित: ३ पुष २०७९ १६:३७ | Sunday, December 18, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast