कांग्रेस संसदीय दलको नेता छान्न यी हुन् भोट हाल्नेहरू (मतदाता नामावलीसहित)

हिमाल प्रेस ४ पुष २०७९ १५:४८ | Monday, December 19, 2022
कांग्रेस संसदीय दलको नेता छान्न यी हुन् भोट हाल्नेहरू (मतदाता नामावलीसहित) कांग्रेस पार्टी कार्यालय

काठमाडौँ- नेपाली कांग्रेस संसदीय दलको निर्वाचन भोलि (मगंलबार) देखि निर्वाचनको कार्यक्रम सुरु हुँदैछ। बुधबार निर्वाचन हुनेछ। दलको नेता छान्ने निर्वाचनमा सहभागी हुनेहरूको नामावली निर्वाचन समितिले नामावली सार्वजनिक गरेको छ।

कांग्रेसको संसदीय दलको नेता छान्न ८९ जना सांसदले मतदान अधिकार पाउनेछन्। निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन तालिकाअनुसार मंगलबार दिउँसो २ बजे उम्मेदवारी दर्ताको समय तोकिएको छ।

कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा, नेता डा.शेखर कोइराला र महामन्त्री गगनकुमार थापाबीच चुनावी मैदानमा आउने बताइरहेका छन्। यद्यपी कोइराला र थापाबीच एक जनामात्रै उम्मेदवार बनाउन उक्त समूहका नेताहरू छलफलमा छन्। देउवाको समूहबाट भने देउवा एकल उम्मेदवार हुन्।

 

प्रकाशित: ४ पुष २०७९ १५:४८ | Monday, December 19, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast