कांग्रेस महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापा। फाइल तस्बिर
काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले निर्वाचनपश्चात् नयाँ राजनीतिक परिस्थिति निर्माण भएको बताएका छन्।
बीपी कोइरालाको मेलमिलाप दिवसको अवसरमा महामन्त्रीद्वयले संयुक्त विज्ञप्ती जारी गर्दै कांग्रेसले अब आग्रह/पूर्वाग्रहबाट माथि उठेर गल्ती र कमजोरीलाई औल्याउनु पर्ने बताएका छन्।
उनीहरूले जनताले कांग्रेसलाई ठूलो दल बनाए पनि समाधानीका कारण सत्ता गुमेको औल्याएका छन्।
उनीहरूले कांग्रेसको गौरवशाली इतिहासमा यस्ता कयौ घटना घटेकाले शुद्धीकरण गरेर अघि बढ्नुपर्ने बताएका छन्। प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल भएर पनि प्रतिपक्ष बन्न पुग्दा पार्टीमा गम्भीर असन्तुष्टि, आक्रोश र उदासी छाउनु स्वाभाविक भएको महामन्त्रीद्वयले भनेका छन्।



प्रकाशित: १६ पुष २०७९ १३:१२
प्रतिक्रिया



