सुर्खेत- कर्णाली प्रदेश प्रमुख तिलकप्रसाद परियारले कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन आह्वान गरेका छन्। प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख परियारले पुस १८ गते दिउँसो १ बजेका लागि बैठक आह्वान गरेका हुन्।
प्रथम अधिवेशन आह्वान गर्न कर्णाली प्रदेशका माननीय प्रदेश प्रमुखसमक्ष सिफारिस भई आएकाले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम कर्णाली प्रदेशसभा वीरेन्द्रनगर सुर्खेतको सभाहलमा बस्ने गरी कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको प्रथम अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुखको सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित: १४ पुष २०७९ ११:४४ | Thursday, December 29, 2022
प्रतिक्रिया





