प्रतीकात्मक तस्बिर।
                                            काठमाडौँ- विद्युतीय तारको प्रयोग गरि माछा मार्ने क्रममा करेन्ट लागेर रौतहटमा एक जना युवकको ज्यान गएको छ। स्थानीय गरुडा नगरपालिका ७ पिपरिया दोस्तियाका ३० वर्षीय रामतिलक पटेलको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो।
गाउँ छेउको तरहारी खोलामा विद्युतीय तार प्रयोग गरि माछामार्ने क्रममा शुक्रबार साँझ पटेल लाई करेन्ट लागेर अचेल हुँदा उपचारको लागि गरुडा अस्पताल पुर्याएकोमा डाक्टरले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी बरुणकुमार सिंहले बताए।
मृतक पटेलको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौर पठाइएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ। जाडोयाममा रौतहटका अधिकांश युवाहरू विद्युतीय तारको प्रयोग गरि करेन्ट लगाएर लालबकैया, बागमती, तरहारी लगायत नदि खोलामा माछा मार्ने गर्छन्।

                                             
                                             
                                             
                                             
                                             
                                             

