कपडा पसलमा आगलागी

हिमाल प्रेस २४ मंसिर २०७९ ७:३२ | Saturday, December 10, 2022
कपडा पसलमा आगलागी

काठमाडौँ- जनकपुरधामको जनकचोकस्थित शिवानी रेडिमेड पसलमा आगलागी हुँदा करिब २० लाख रुपैयाँको क्षति भएको छ।

स्थानीय बजरंग चौधरीले सञ्चालन गरेका सो पसलमा शुक्रबार राति करिब ११ बजे विद्युत् सर्ट भएर आगलागी हुँदा कपडा र रेडिमेट सामानसहित करिब २० लाख रुपैयाँको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

पसलमा बिजुलीको कारण आगलागी भएको हुनसक्ने पसलका सञ्चालक चौधरीले बताए। प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।

प्रकाशित: २४ मंसिर २०७९ ७:३२ | Saturday, December 10, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast