प्रतीकात्मक तस्बिर।
                                            काठमाडौँ- सिरहामा कटुवा पेस्तोलसहित दुई जना पक्राउ परेका छन्। सिरहाको गोलबजार नगरपालिका ११ बलकवा मैनाबती पुलबाट बुधबार राति बाह्रबोरको कटुवा पेस्तोलसहित दुई जना पक्राउ परेका प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा गोलबजार नगरपालिका ४ का १९ वर्षीय कृष्णाकुमार यादव र सोही नगरपालिका ११ बलकवाका २१ वर्षीय मोहम्मद अरमान खान रहेका छन्।
इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले उनीहरूलाई कटुवा पेस्तोल पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।
                            प्रकाशित: १५ मंसिर  २०७९ १३:४५ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

