सुर्खेत- नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको नेतमा यामलाल कँडेल सर्वसम्मत चयन भएका छन्। बुधबार बसेको नेकपा एमाले कर्णाली प्रदेशको बैठकले कँडेललाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो। कँडेल सुर्खेत निर्वाचन क्षेत्र नम्बर–२ प्रदेश सभा (१)बाट निर्वाचित भएका थिए। कँडेल २०७४ को निर्वाचनमा पनि प्रदेश सभामा निर्वाचित भएका थिए।
कँडेल नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज समेत हुन्। यस्तै, एमाले संसदीय दलको नेतामा एमाले कर्णाली प्रदेश अध्यक्ष तथा दैलेख निर्वाचन क्षेत्र नम्बर–२ प्रदेश सभा (२) बाट निर्वाचित सांसद विनोदकुमार शाहको पनि दाबी थियो।
प्रकाशित: १३ पुष २०७९ १७:२१ | Wednesday, December 28, 2022
प्रतिक्रिया





