काठमाडौँ– एनसेल आजियाटा लिमिटेडले आइतबार राति सम्पन्न विश्वकप फुटबलको फाइनल खेल ‘लाइभ स्क्रिनिङ’ गरेको छ। अन्नपूर्ण होटलको प्राङ्गनमा देखाइएको प्रत्यक्ष प्रसारणमा एक हजार ९०० भन्दा बढी दर्शक उपस्थित भएका थिए।
दुई ठूला डिजिटल स्क्रिन बाहेक दर्शकको सुविधाका लागि अन्य स्क्रिनमा समेत देखाइएको थियो।
एनसेलको ५९९ रुपैयाँमा ६० जीबी पाइने होम एन्ड अवे डेटा प्याकको खरिद गरेका ग्राहकले लाइभ स्क्रिनिङमा निःशुल्क सहभागी भएका थिए।
प्रकाशित: ५ पुष २०७९ १२:५४ | Tuesday, December 20, 2022
प्रतिक्रिया



