एनटीसीका ग्राहकले सिभिल बैंकको एप निःशुल्क चलाउन पाउने

हिमाल प्रेस २६ मंसिर २०७९ १९:०२ | Monday, December 12, 2022
एनटीसीका ग्राहकले सिभिल बैंकको एप निःशुल्क चलाउन पाउने

काठमाडौँ– सिभिल बैंक लिमिटेड र नेपाल टेलिकमबीच सम्झौता भएको छ। सम्झौतापत्रमा सिभिल बैकका तर्फबाट चिफ बिजनेस भोलाबहादुर विष्ट र नेपाल टेलिकमका प्रमुख व्यवसायिक अधिकृत संगिता अर्यालले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार पुस १ देखि नेपाल टेलिकमका प्रयोगकर्ताले डाटामार्फत सिभिल बैंकको मोबाइल बैंकिङ एप चलाउँदा शुल्क लाग्ने छैन। विद्युतीय माध्यममार्फत् कारोबार गर्न प्रोत्साहन गर्ने नीति बमोजिम सिभिल बैंकले आफ्नो ग्राहकको सुविधालाई ख्याल गर्दै यो सम्झौता गरेको जनाएको छ।

सिभिल बैंकको ४ लाख ५० हजारभन्दा बढी मोबाइल बैंकिङ एपका प्रयोगकर्ता छन्। ९५ अर्ब २४ करोड निक्षेप संकलन गरी सिभिलले ८७ अर्ब ८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

प्रकाशित: २६ मंसिर २०७९ १९:०२ | Monday, December 12, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast