एक महिनाभित्रै माओवादी नेतृत्वमा सरकार बन्छ : प्रचण्ड

हिमाल प्रेस २८ मंसिर २०७९ १५:१३ | Wednesday, December 14, 2022
एक महिनाभित्रै माओवादी नेतृत्वमा सरकार बन्छ : प्रचण्ड

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमाल दाहाल ‘प्रचण्ड’ ले अबको एक महिनाभित्र सरकार गठन हुने बताएका छन्।

गठबन्धन सरकारले नै निरन्तरता पाउने उनको भनाइ छ। गठबन्धनका तर्फबाट सरकारको नेतृत्व माओवादीले गर्ने प्रचण्डको दाबी छ। ‘अबको सरकारको नेतृत्व नेकपा माओवादीले गर्छ’ बुधबार कास्कीको अन्नपूर्ण गाउँपालिका– १ नागडाँडास्थित महेन्द्र आधारभूत विद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने।

उनले माओवादीले प्रत्यक्षतर्फ २५ सिटमा जित हासिल गर्ने अनुमान गरिएकोमा कांग्रेस पूर्णरूपमा इमानदार नहुँदा कम सिट प्राप्त गरेको बताए। ‘हामीले जति इमानदारी देखायौँ, कांग्रेसले पूर्ण रूपमा इमानदारी देखाउन सकेन’, प्रचण्डले भने। अध्यक्ष प्रचण्डले गण्डकी प्रदेश सरकारको नेतृत्व पनि माओवादीले पाउनुपर्ने माग गठबन्धनमा राखेको बताए।

प्रकाशित: २८ मंसिर २०७९ १५:१३ | Wednesday, December 14, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast