उदयपुरमा १२० किलो गाँजा बरामद

हिमाल प्रेस २५ मंसिर २०७९ ८:०४ | Sunday, December 11, 2022
उदयपुरमा १२० किलो गाँजा बरामद प्रतीकात्मक तस्बिर।

उदयपुर- जिल्ला प्रहरी कार्यालय उदयपुरले १२० किलोग्राम गाँजा बरामद गरेको छ। कटारी नगरपालिका–६ साँगुरीमा प्रहरीले ६ बोरा गाँजा बरामद गरेको हो।

गाँजा बोकेका मान्छे भने फरार रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेशकुमार पोदारले जानकारी दिए।

कटारी नगरपालिका–६ साँगुरीमा प्रहरी चौकी रिस्कुबाट खटिएको गस्ती टोलीलाई देखेपछि गाँजा ओसारपसारमा संलग्न व्यक्ति गाँजा फालेर भाग्ने क्रममा सो गाँजा बरामद भएको हो।

प्रकाशित: २५ मंसिर २०७९ ८:०४ | Sunday, December 11, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast