अस्कर सर्ट लिस्टमा भारतको ‘लास्ट फिल्म सो’ र पाकिस्तानको ‘जोयल्यान्ड’

हिमाल प्रेस ७ पुष २०७९ ११:५२ | Thursday, December 22, 2022
अस्कर सर्ट लिस्टमा भारतको ‘लास्ट फिल्म सो’ र पाकिस्तानको ‘जोयल्यान्ड’

काठमाडौँ- भारतबाट आधिकारिक रूपमा सिफारिस भएको फिल्म ‘द लास्ट फिल्म सो’ र पाकिस्तानको ‘जोयल्यान्ड’ अस्कर २०२३ को  मनोनयनमा परेका छन्।

‘एकेडेमी अफ मोसन पिक्चर आटर्स एन्ड साइन्सेज’ले बुधबार (डिसेम्बर २१) यस वर्ष अवार्डका लागि सर्ट लिस्ट भएका फिल्म र गीतको सूची जारी गरेको छ।

९५ औँ संस्करणको अस्करका लागि १० विधाको सूची एकेडेमीले निकालेको छ। डकुमेन्ट्री फिचर, डकुमेन्ट्री सर्ट सब्जेक्ट, इन्टरनेसनल फिचर फिल्म, मेकअप एन्ड हेयर स्टाइलिङ, म्युजिक, एनिमेटेड सर्ट फिल्म, साउन्ड, भिजुअल इफेक्ट्सलगायत विधाको सूची बाहिरिएको हो।

‘उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म’का लागि अस्करमा सिफारिस भएका विभिन्न देशका फिल्ममध्ये १५ वटा छानिएका छन्। जसमध्ये भारतबाट आधिकारिक रूपमा सिफारिस भएको फिल्म ‘लास्ट फिल्म सो’ र पाकिस्तानको ‘जोयल्यान्ड’ रहेका छन्।

त्यस्तै सर्ट लिस्टमा अर्जेन्टिना, अस्ट्रिया, बेल्जियम, कम्बोडिया, डेनमार्क, फ्रान्स, जर्मनी, आयरल्यान्ड, मेक्सिको, मोरेक्को, पोल्यान्ड, साउथ कोरिया र स्विडेनका फिल्म परेका छन्।

अस्कर समारोहमा २०२२ मा प्रदर्शनमा आएका फिल्मबीच अवार्डका लागि प्रतिस्पर्धा हुनेछ। समारोह १२ मार्च २०२३ मा लस एन्जलस, क्लालिफोर्नियाको डल्बी थिएटरमा हुनेछ।

प्रकाशित: ७ पुष २०७९ ११:५२ | Thursday, December 22, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast