उद्योगका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : उद्योगमन्त्री बडू

हिमाल प्रेस ६ पुष २०७९ १९:३० | Wednesday, December 21, 2022
उद्योगका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : उद्योगमन्त्री बडू

काठमाडौँ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडूले उद्योग क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। बुधबार नेपाल ट्रेड युनियन कांग्रेसले ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उद्योग क्षेत्रमा देखिएका नीतिगत तथा अन्य समस्या समाधान गर्न सरकार तयार रहेको उनको भनाइ छ। पछिल्लो समय मुलुकको अर्थतन्त्र सुधार गर्न धेरै चुनौती रहेको तर सरकार सबै प्रकारका चुनौती समाधान गर्न सरकार प्रतिबद्ध रहेको उनले उल्लेख गरे।

आयात तथा निर्यात सन्तुलन गर्ने साथै उद्योगी र व्यवसायीहरूका समस्या समाधानका लागि सरकारले कोशिस जारी रहेकोसमेत उनले बताए। ‘ट्रेड युनियनले लामो समयदेखि उद्योग क्षेत्रमा काम गरिरहेको छ। सरकारले कानुन बनाउँछ। हामीले यति बेला हाम्रा समस्या कहाँ छन्। उद्योग क्षेत्रका श्रमिकदेखि उद्योग क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार छ,’ उनले भने।

पछिल्लो समय नेपालमा आन्तरिक तथा वैदेशिक लगानी कम मात्रामा आएको भन्दै मन्त्री बडूले चिन्ता व्यक्त गरे।

प्रकाशित: ६ पुष २०७९ १९:३० | Wednesday, December 21, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast