रसुवागढी नाका तीन दिन बन्द हुने

हिमाल प्रेस २९ कार्तिक २०७९ १२:०२
रसुवागढी नाका तीन दिन बन्द हुने

काठमाडौँ- आसन्‍न निर्वाचनमा रसुवागढी सीमा नाका तीन बन्द हुने भएको छ।

गृह मन्त्रालयले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्‍न गर्न मंसिर १ को १२ बजे रातिबाट मंसिर ४ को १२ बजे रातिसम्म नाका बन्द हुने जनाएको छ।

प्रत्येक निर्वाचनमा सरकारले सीमा नाकाहरु बन्द गर्ने गरेको छ। निर्वाचनको वातावरणमा भयरहित बनाउनका लागि सबै सीमा नाका ७२ घन्टासम्म बन्द गर्ने गर्दछ।

प्रकाशित: २९ कार्तिक २०७९ १२:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =