काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा तीन दिन बिदा दिने भएको छ।
विश्वविद्यालयमा कार्यरत शिक्षक र कर्मचारी निर्वाचन प्रक्रियामा खटिनुपरेकोले बिदा दिइएको त्रिविले जनाएको छ।
यस्तै कतिपय क्याम्पसमा मतदान केन्द्र र मत गणना केन्द्र पनि राखिएकाले मंसिर १, २ र ५ गतेका लागि बिदा दिइएको विश्वविद्यालयले जारी गरेको सूचनामा उल्लेख छ।
प्रकाशित: २५ कार्तिक २०७९ ४:१७
प्रतिक्रिया