चुनावका बेला त्रिविमा तीन दिन बिदा

हिमाल प्रेस २५ कार्तिक २०७९ ४:१७
चुनावका बेला त्रिविमा तीन दिन बिदा

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा तीन दिन बिदा दिने भएको छ।

विश्वविद्यालयमा कार्यरत शिक्षक र कर्मचारी निर्वाचन प्रक्रियामा खटिनुपरेकोले बिदा दिइएको त्रिविले जनाएको छ।

यस्तै कतिपय क्याम्पसमा मतदान केन्द्र र मत गणना केन्द्र पनि राखिएकाले मंसिर १, २ र ५ गतेका लागि बिदा दिइएको विश्वविद्यालयले जारी गरेको सूचनामा उल्लेख छ।

प्रकाशित: २५ कार्तिक २०७९ ४:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + ten =