१४ मर्चेन्टमा सानिमा बैंकका ग्राहकले छुट पाउने

हिमाल प्रेस १४ मंसिर २०७९ १६:५३
10
SHARES
१४ मर्चेन्टमा सानिमा बैंकका ग्राहकले छुट पाउने

काठमाडौँ– सानिमा बैंकले डिजिटल भुक्तानी प्रोत्साहन गर्न १४ वटा मर्चेन्टसँग छुटको व्यवस्था गरेको छ।

उक्त व्यवस्थाअन्तर्गत भिसा डेबिट वा क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ एप प्रयोगकर्ताले विशेष छुट पाउनेछन्।

बैंकले कुलेश्वर चिकेन स्टेशन, गणपति पोलिक्लिनिक प्रालि, द पनाछें बिउटी स्टुडियो एण्ड ट्रेनिङ सेन्टर, टाइमलेस मोमेन्टस् होटलसँग छुट समझदारी गरेको छ।

यस्तै आवरण स्किन क्लिनिक प्रालि, यारा बेकरी, कोर्डिस हेल्थ केयर क्लिनिक, केबिज पिज्जेरिया, द डेन्टिस्ट प्रालि, तुसाल मल्टी भेन्यू प्रालि, अन्नपूर्ण चिया हब, किंग्स प्यालेस प्रालि, भक्तपुर इन्टरनेसनल हस्पिटल र जर्मन होम्स हस्पिटालिटीसँग बैंकले सहकार्य गरेको छ। यी सबैमा सानिमाका ग्राहकले २० प्रतिशतसम्म छुट पाउनेछन्।

प्रकाशित: १४ मंसिर २०७९ १६:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + twelve =