‘प्रस्तावः ट्रान्सफर्मिङ काठमाडौँ’ आयोजना हुँदै

हिमाल प्रेस १४ मंसिर २०७९ १३:०२
198
SHARES
‘प्रस्तावः ट्रान्सफर्मिङ काठमाडौँ’ आयोजना हुँदै

काठमाडौँ- काठमाडौँ भ्याली लियो क्लब पुलचोक क्याम्पसले ‘प्रस्तावः ट्रान्सफर्मिङ काठमाडौँ’ कार्यक्रमको आयोजना गर्ने भएको छ।

‘सस्टेनेबल सोलुसन्स टू लाइट्स अफ काठमाडौँ भ्याली’ नारासहित हुने कार्यक्रमले काठमाडौँ उपत्यकाको बहुआयामिक परिवर्तनको अपेक्षा राखेको छ। कार्यक्रममा काठमाडौँको प्रदूषित हावा, नदीनाला र अव्यवस्थित फोहोरको समस्या र समाधानका उपायबारे छलफल हुनेछ।

भौतिक उपस्थिति र अनलाइन गरी कार्यक्रम तीन चरणमा सञ्चालन हुनेछ। कार्यक्रममा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट) संरक्षकको रूपमा रहेको छ।

कार्यक्रममा विभिन्न इन्जिनियरिङ कलेजमा अध्ययनरत विद्यार्थीको सहभागितामा आयोजकले जोड दिएको छ। विभिन्न इन्जिनियरिङ कलेजका विद्यार्थीले तीनचार जनाको समूहमा रही आफ्नो विचार एवम् खोज र अन्वेषणलाई कार्यक्रममा प्रस्तुत गर्न पाउनेछन्।

पहिलो चरणमा आवेदन आएकामध्येबाट उत्कृष्ट २० समूहले प्रस्तुत गरेका विचारमार्फत छनोट गरी सो समूहलाई अनलाइन प्रस्तुतिका लागि सूचित गरिने आयोजकले जनाएको छ।

दोस्रो चरणमा नास्टका सदस्यहरूको संरक्षण एवम् मार्गदर्शनमा उत्कृष्ट ८ समूह अन्तिम चरणका लागि छनोट हुनेछन्।

पुस ८ गते अन्तिम चरणको कार्यक्रम पुल्चोक क्याम्पस परिसरमा गरिने छ।

प्रकाशित: १४ मंसिर २०७९ १३:०२

प्रतिक्रिया

One thought on “‘प्रस्तावः ट्रान्सफर्मिङ काठमाडौँ’ आयोजना हुँदै

  1. पुल्चोक, ललितपुर ।

    “Kathmandu Valley Leo Club-Pulchowk Campus” ले यहि मंसिर महिनाबाट सुरु हुने ” Sustainable Solutions to Plights Of Kathmandu Valley ” नारा सहित – ” प्रस्ताव – Transforming Kathmandu ” कार्यक्रम सार्वजनिक गरेको छ । काठमाडौ उपत्यका परिवर्तनको उद्देश्य राखेको यस कार्यक्रममा दिइएका तीन समस्यालाई समाधान र दीगो विकासका लागि आफ्ना विचार एवम् अन्वेषण प्रस्तुत गरिनुपर्ने कार्यक्रम तीन चरण सहित अनलाईन तथा भौतिक ढाँचामा सञ्चालन हुने सुचनामा उल्लेख गरिएको छ । यस कार्यक्रममा नेपाल विज्ञान तथा प्रविधी प्रज्ञा-प्रतिष्ठान ( NAST ) संरक्षकको रुपमा रहेको छ। साथै इन्टरनेट पार्टनरका रुपमा ” Classictech” , एडुकेसन पार्टनरका रुपमा ” Clamphook” र पेमेन्ट पार्टनरका रुपमा ” Prabhupay” रहेका छन् । कार्यक्रमलाई भव्य बनाउन थुप्रै संस्थाहरु प्रायोजक रहेका छन् । ” प्रदुषित हावा (Curbing Air Pollution) ” , ” प्रदुषित नदीनाला(Clean Bagmati for All) ” र ” अव्यवस्थित ठोस फोहोर(maneuvering solid wastes) ” विषयहरुलाई प्रमुख तीन समस्याका रुपमा उठाइएको छ । उक्त कार्यक्रममा सृजनशील , प्राविधिक एवम् प्रयोगात्मक विचारलाई प्राथमिकता दिइने जिकिर गरेका छन् । यस आइडियाथोन कार्यक्रमले विभिन्न इन्जिनियरिङ कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई समेट्ने प्रयास गर्ने कुरामा उनले जोड दिएका छन् । “प्रस्ताव: Transforming Kathmandu” मा देशका विभिन्न इन्जिनियरिङ कलेजका विद्यार्थीले ३/४ जनाको समूहमा रहि आफ्नो विचार एवम् खोज र अन्वेषणलाई कार्यक्रममा प्रस्तुत गर्न पाउनेछन् । मंसिर ५ मा सार्वजनिक गरिएको थियो भने सोही मितिबाट आवेदन/दर्ता प्रक्रिया पनि खुल्ला गरिएको थियो । पहिलो चरणमा आवेदन आएका मध्येबाट उत्कृष्ट २० समूहलाई प्रस्तुत गरिएको विचार मार्फत छनोट गरि सो समूहलाई अनलाईन प्रस्तुतीका लागि सुचित गरिनेछ । कार्यक्रमको दोस्रो चरणमा नेपाल विज्ञान तथा प्रविधी प्रज्ञा-प्रतिष्ठान ( NAST ) का सदस्यहरुको संरक्षण एवम् मार्गदर्शनमा राखी उत्कृष्ट २० बाट उत्कृष्ट ८ समूह अन्तिम चरणका लागि छनोट गरिने उल्लेख गरिएको छ । पुस ८ गते अन्तिम चरणको कार्यक्रम पुल्चोक क्याम्पस परिसरमा गरिने भएको छ भने उक्त कार्यक्रममा उत्कृष्ट ८ समूहले आफ्नो प्रस्तुति दिनेछन् , जसका आधारमा प्रथम , द्वितीय , तृतिय एवम् सान्त्वना विजेताहरु घोषणा एवम् पुरस्कार वितरण गरिने बताइएको छ ।

Leave a Reply to Ashim Paudel Cancel reply

Your email address will not be published. Required fields are marked *

5 × three =