त्रिविको दीक्षान्त समारोहमा सकुन महर्जनले ४ वटा पदक पाउने

हिमाल प्रेस १३ मंसिर २०७९ १६:०१
4
SHARES
त्रिविको दीक्षान्त समारोहमा सकुन महर्जनले ४ वटा पदक पाउने

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयको ४८औँ दीक्षान्त समारोहमा सकुन महर्जनले चारवटा पदक पाउने भएका छन्। मंसिर २३ गते शुक्रबार आयोजना हुने त्रिविको ४८औँ दीक्षान्त समारोहमा सम्पूर्ण स्नातकोत्तर तहमा प्रथम श्रेणीमा प्रथम भएर महर्जनले चान्सलर पदक, त्रिवि प्राध्यापक संघ स्वर्ण पदक, रामप्रसाद मानन्धर स्वर्ण पदक र शान्ति नारायण मिश्र पदक प्राप्त गर्ने भएका हुन्।

स्नातकोत्तर तह २०७६ सालका पुस्तकालय तथा सूचना विज्ञान केन्द्रीय विभाग त्रिविका विद्यार्थी महर्जनले ४ सीजीपीए प्राप्त गरी पुरस्कृत हुन लागेका छन्। त्रिविबाट लिइएका विभिन्न तह एवं विषयका परीक्षाहरूमा सर्वप्रथम भई विभिन्न दीक्षान्त पदक एवं पुरस्कार प्राप्त गर्ने विद्यार्थीहरूको नामावली पनि प्रकाशन गरेको छ।

यसका साथै त्रिविले अर्थशास्त्र केन्द्रीय विभागका विद्यार्थी रोहन व्यञ्जनकारलाई तीन वटा पदक प्रदान गर्न लागेको छ। उनले एमए अर्थशास्त्र विषयमा ३.८५ सीजीपीए प्राप्त गरेका थिए। उनले तारापद चौधरी पदक, खगेन्द्रमान सिं प्रधान पदक र चन्द्रराज ढुंगेल स्मृति पुरस्कार प्राप्त गरेका छन्।

रत्नराज्य लक्ष्मी क्याम्पस, प्रदर्शनी मार्गका छात्रा रबिना घिमिरेले एमए राजनीति शास्त्र विषयमा सर्वप्रथम भएर ललित चन्द पुस्कार र वडाकाजी मरिचमान सिंह पदक प्राप्त गर्ने भएकी छन्।

स्नातक तहको उत्कृष्ट विद्यार्थीलाई प्रदान गरिने भाइस चान्सलर पदक पक्लिहवा क्याम्पसकी चन्द्रकला रानाले प्राप्त गरेकी छन्।

त्रिविले आज प्रकाशित गरेको नामावलीमा उल्लेख भएका विद्यार्थीहरूबाहेक अन्य कुनै विद्यार्थीले दीक्षान्त पदक एवं पुरस्कारहरू प्राप्त गर्नुपर्ने आधार भए मंसिर १५ गतेभित्र स–प्रमाण त्रिवि परीक्षा नियन्त्रण कार्यालयमा सम्पर्क गर्न सूचित गरको छ।

दीक्षान्त पदक एवं पुरस्कार प्राप्त गर्ने विद्यार्थीहरूले मंसिर १८ गतेभित्र आफूले प्राप्त गरेको सक्कल ट्रान्सक्रिप्ट र नागरिकताको फोटोकपीसहित पनिकामा सम्पर्क गर्न त्रिविले जारी गरेको सूचनामा उल्लेख छ।

प्रकाशित: १३ मंसिर २०७९ १६:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + seven =