संखुवासभामा लक्ष्मी बैंकको एक्सटेन्सन काउन्टर

हिमाल प्रेस १२ मंसिर २०७९ १७:३८
8
SHARES
संखुवासभामा लक्ष्मी बैंकको एक्सटेन्सन काउन्टर

काठमाडौँ– लक्ष्मी बैंक लिमिटेडले संखुवासभाको भोटखोला गाउँपालिका ४ गोला बजारमा नयाँ एक्सटेन्सन काउन्टर सुरु रहेको छ।

योसँगै लक्ष्मी बैंकको एक्सटेन्सन काउन्टरको संख्या १४ पुगेको छ। बैंकको ५० जिल्लामा १४३ शाखा छन्।

यसका साथै ५ हस्पिटल सेवा काउन्टर, १७९ एटीएम, २५०० भन्दा बढी रेमिट्यान्स एजेन्ट र ६३ शाखारहित बैंकिङ एजेन्ट छन्। लक्ष्मी बैंकले सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसाय कर्जालगायत सेवालाई प्राथमिकता दिइरहेको जनाएको छ।

प्रकाशित: १२ मंसिर २०७९ १७:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =