१५.६१ अंकले घट्यो नेप्से, कारोबार रकम पनि ओरालो

हिमाल प्रेस १२ मंसिर २०७९ १५:१७
4
SHARES
१५.६१ अंकले घट्यो नेप्से, कारोबार रकम पनि ओरालो

काठमाडौँ– सोमबार सेयर बजार परिसूचक (नेप्से) १५.६१ अंकले घटेको छ। आइतबार ३२ अंकले बढेको बजार सोमबार दोहोरो अंकले झरेको हो।

कारोबार सुरु भएदेखि ओरालो लागेको परिसूचक सोमबार १९५०.३७ बिन्दुमा ओर्लिएको छ।

सोमबार कारोबार रकममा पनि गिरावट आएको छ। सोमबार २३६ कम्पनीको ३७ लाख ६१ हजार कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब ४९ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आइतबार २ अर्ब २ करोड रुपैयाँको कारोबार भएको थियो।

सोमबार १५१ कम्पनीको सेयर मूल्य घटेको छ। ३६ कम्पनीको मूल्य बढ्दा ७ कम्पनीको मूल्य स्थिर रह्यो।

कारोबार रकमका हिसाबले सोमबार  हिमालयन डिस्टिलरी लिमिटेड पहिलो नम्बरमा रह्यो। यसको १६ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

सोमबार सामूहिक लगानी कोष ०.२४ प्रतिशत र अन्य उपसमूहको सूचक ०.१६ प्रतिशतले बढेको छ। बाँकी उपसमूहको सूचक घटेको छ।

दोस्रो नम्बरमा रहेको नविल बैंकको ७ करोड २४ लाख रुपैयाँको कारोबार रहेको छ। शिवम् सिमेन्टको ६ करोड १६ लाख रुपैयाँको कारोबार भएको छ।

प्रकाशित: १२ मंसिर २०७९ १५:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − three =