इतिहासमा निर्वाचन : ११

पहिलो चुनाव : यी थिए १०९ निर्वाचन क्षेत्रमा खटिएका निर्वाचन अधिकृत

हिमाल प्रेस २३ कार्तिक २०७९ १०:५२
पहिलो चुनाव :  यी थिए १०९ निर्वाचन क्षेत्रमा खटिएका निर्वाचन अधिकृत

काठमाडौँ- नेपालमा पहिलोपटक २०१५ सालमा आमनिर्वाचन सम्पन्न भएको थियो। त्यतिबेला नामावली तयार पार्न निर्वाचन आयोगले विभिन्न जिल्लाका निर्वाचन क्षेत्रका लागि ३० भन्दा बढी रजिस्ट्रेसन अफिसर नियुक्त गरेको थियो। त्यस्तै, १ सय ९ वटै निर्वाचन क्षेत्रका लागि निर्वाचन अफिसर पनि नियुक्त गरेको थियो।

पछि नेपाल अधिराज्यभरका कुल १ सय ९ वटा निर्वाचन क्षेत्रलाई जम्मा सात जोनमा विभाजन गरेको थियो। प्रत्येक जोनका लागि एक:एक कमिसनर छुट्याइएको थियो। त्यसै कमिसनरको रेखदेखमा त्यो क्षेत्र आउने गरी सात जोनमा विभाजन गरिएको थियो।

यहाँ तिनै रजिस्ट्रेसन अफिसर, निर्वाचन अफिसर र कमिसनरको नामावली प्रस्तुत गरिएको छ।

निर्वाचनको निम्ति तयार भएको मतदाताको नामावलीको पहिलो प्रकाशनमा पर्न आएको दाबी र विरोधपत्रबमोजिम थप:घट गर्नुपर्ने गरी मतदाताको नामावली तयार पार्न विभिन्न जिल्लाका निर्वाचन कार्यालयका निम्ति जोनल अफिसर तथा असिस्टेन्ट जोनल निर्वाचन अफिसरलाई रजिस्ट्रेसन अफिसरका रूपमा तोकिएको थियो।

पूर्व १ जिल्ला नम्बरका क्षेत्र नम्बर ६, ७, ८, ९ र १० का निम्ति पूर्णबहादुर। पूर्व २ नम्बरका ११, १२, १३, १४ र १५ का लागि लक्ष्मीदास रञ्जितकार। पूर्व ३ नम्बरका १६, १७ र १८ का लागि क. प. हिक्मतबहादुर। पूर्व ४ नम्बरका १९, २० र २१ का लागि भैरवनाथ उपाध्याय।

उदयपुर ३४ का लागि पद्मबहादुर राजभण्डारी, धनकुटा २२ देखि २७ सम्म युवराज पन्थी, इलाम २८ र २९ वासुदेव ढकाल, उपत्यका १ देखि ५ सम्म श्रीनाथ पांडे, चिसापानी ५५, ५६ का लागि रामनिधि, बारा, पर्सा, रौतहटका ४८ देखि ५४ सम्मका लागि बद्रीनाथ आचार्य, खटिएका थिए।

यस्तै महोत्तरी सर्लाही ४१ देखि ४७ सम्मका लागि लक्ष्मणप्रसाद उपाध्याय, सप्तरी, सिराहा ३५ देखि ४० सम्मका लागि भुवनेश्वर शर्मा, मोरङ ३१ देखि ३३ सम्मका लागि नारायणकृष्ण जोशी, झापा ३० का लागि मुकुन्द भट्टराई, पश्चिम १ नम्बर १०६ देखि १०९ सम्मका लागि जीवराज नेपाली, पश्चिम २ नम्बर १०४, १०५ र पोखरा दक्षिणपूर्व १०३ का लागि बलराम शर्मा कमिसनर थिए।

पश्चिम ३ नम्बर ९९ देखि १०२ का लागि व्रजमोहन सोती, पश्चिम ४ नम्बर ९५ देखि ९८ का लागि दामोदरलाल राजभण्डारी, पाल्पा ९३,९४ का लागि रत्नलाल, पाल्ही ५७ का लागि रामचन्द्र शर्मा, बाग्लुङ ८६ देखि ८८ का लागि शेषकान्त, गुल्मी ८९ देखि ९२ सम्मका लागि हरिनाथ शर्मा, जुम्ला ७३ र ७४ का लागि छविन्द्र बहादुर, दैलेख ७५ देखि ७७ सम्मका लागि मणिभक्त शर्मा खटिएका थिए।

डोटी ६९ देखि ७२ सम्मका लागि कनक बहादुर, प्युठान ८३ देखि ८५ सम्मका लागि रामनाथ, डडेल्धुरा:बैतडी ६६ देखि ६८ सम्मका लागि शूलपाँडी उपाध्याय, सल्यान ७८, ७९, ८१ र ८२ सम्मका लागि वामदेव, दाङ देउखुरी र फालावाङ राज्य उत्तरपश्चिम ६२, ८० का लागि सुशील झा, पाल्ही माझखण्ड ५८, ५९ का लागि चिरञ्जीवी प्रसाद, खजहनी शिवराजका ६०, ६१ सम्मका लागि थरनाथ, बाँके बर्दिया ६३, ६४ का लागि पुरुषोत्तम घिमिरे र कैलाली कञ्चनपुर ६५ का लागि रामबहादुर पाण्डेलाई तोकिएको थियो।

त्यस्तै, १ सय ९ वटै निर्वाचन क्षेत्रमा प्रत्येक निर्वाचन क्षेत्रअनुसार एक जनाका दरले १ सय ९ जना निर्वाचन अफिसर नियुक्त गरिएका थिए। तिनको नामावली यस प्रकार थियो

१. कान्तिपुर : गोविन्दप्रसाद

२. काठमाडौँ उपत्यका पश्चिम : राजबहादुर शाह

३. ललितपुर उपत्यका :  कान्तुप्रसाद उपाध्याय

४. भक्तपुर उपत्यका : केदारनाथ शर्मा

५. काठमाडौँ उपत्यका उत्तरपूर्व : चन्द्रबहादुर खड्का क्षेत्री

६. चौतारा उत्तरपश्चिम : कृष्णलाल श्रेष्ठ

७. चौतारा उत्तरपूर्व : कृष्णप्रसाद उपाध्याय पौडेल

८. चौतारा मध्यपश्चिम : चन्द्रलाल श्रेष्ठ

९. चौतारा दक्षिण : रामप्रसाद उपाध्याय पौडेल

१०. चौतारा मध्यपूर्व : कोमलप्रसाद उपाध्याय

११. दोलखा उत्तर : देवराज शर्मा

१२. दोलखा मध्य : कृष्णमान नकर्मी

१३. रामेछाप उत्तर (आलमपुर) : योगेन्द्रराज शर्मा

१४. रामेछाप दक्षिण : रामप्रसाद उपाध्याय दाहाल

१५. सिन्धुली : अग्निधर उपाध्याय ढुंगाना

१६. ऐँसेलुखर्क : तेजप्रसाद उपाध्याय

१७. ओखलढुंगा : शंकरप्रसाद दाहाल

१८. मानेभञ्ज्याङ : हरिभक्तसिंह नेपाली

१९. भोजपुर मध्य : लक्ष्मीनाथ शर्मा

२०. भोजपुर दक्षिण : भरतकुमार उपाध्याय सुवेदी

२१. भोजपुर उत्तरपूर्व : लक्ष्मीप्रसाद ढकाल

२२. धनकुटा पश्चिमदक्षिण : मछिन्द्रबहादुर खत्री क्षेत्री

२३. धनकुटा उत्तरपश्चिम : धरणीधर भण्डारी

२४. धनकुटा उत्तरपूर्व : लक्ष्मीबहादुर श्रेष्ठ

२५. धनकुटा पूर्वमध्य : रामकृष्ण मानन्धर

२६. धनकुटा मध्य : अच्युतकान्त सिलवाल

२७. धनकुटा दक्षिण : बाबुकृष्ण उपाध्याय

२८. इलाम पश्चिम पाँचथर दक्षिण : फणीन्द्रबहादुर बन

२९. इलाम मध्यपूर्व : नवराज गिरी

३०. झापा : चेतबहादुर अधिकारी क्षेत्री

३१. मोरङ विराटनगर पूर्व : नारायणभक्त सुवाल

३२. मोरङ विराटनगर पश्चिमदक्षिण : बाबुकृष्ण बस्नेत क्षेत्री

३३. मोरङ विराटनगर पश्चिमोत्तर : विष्णुगोपाल प्रधान

३४. उदयपुर : मोतीबहादुर थापा

३५. सप्तरी पूर्वान्त : केशवप्रसाद राजभण्डारी

३६. सप्तरी मध्य : गोविन्दप्रसाद पौडेल

३७. सप्तरी पश्चिम : वासुदेव प्रधान

३८. सप्तरी पश्चिम धनछवार : जनकलाल अमात्य

३९. सिराहा मध्य : लक्ष्मण पाठक

४०. सिराहा पश्चिम : माधवप्रसाद शर्मा

४१. खेस्राह महोत्तरी दक्षिणपूर्व : विश्वनाथप्रसाद बास्कोटा

४२. महोत्तरी उत्तर पूर्वान्त : ठाकुरदास कर्माचार्य

४३. जनकपुर : होमनाथ उपाध्याय ढुंगाना

४४. महोत्तरी प्रगन्ना पूर्व : श्यामसुन्दर ठाकुर

४५. महोत्तरी प्रगन्ना पश्चिम : सुरेन्द्रनाथ झा

४६. असिभौ कोद्राह : तीर्थचन्द्र

४७. सर्लाही पश्चिम : लीलानाथ उपाध्याय

४८. रौतहट पश्चिमदक्षिण : चन्द्रराज भण्डारी

४९. रौतहट मध्यपूर्व : बद्रीप्रसाद शर्मा

५०. रौतहट उत्तर दोस्तिता : पुरुषोत्तम अधिकारी उपाध्याय

५१. बारा मध्यदक्षिण : कृष्णप्रसाद शर्मा

५२. बारा मध्यउत्तर : छविदेवप्रसाद उपाध्याय

५३. बारा पश्चिम पर्सा पूर्वान्त : मोहनकृष्ण गोंगजु

५४. पर्सा पश्चिम : गोविन्दप्रसाद उपाध्याय

५५. मकवानपुर : दुर्गानाथ शर्मा घिमिरे

५६. चितवन चिसापानी : मिथिला शरण

५७. पाल्ही पूर्व : भीष्मप्रसाद शर्मा

५८. पाल्ही पश्चिम: वासुदेव प्याकुर्‍याल

५९. माझखण्ड पश्चिम : अम्बरप्रसाद उपाध्याय

६०. खजहनी पूर्व : हेमराज पन्त

६१. खजहनी पश्चिम शिवराज : श्रीधर उपाध्याय

६२. दाङ देउखुरी दाङ दक्षिणपूर्व : दामोदर पौडेल

६३. बाँके : नातिकाजी मानन्धर

६४. बर्दिया : शिवराज उपाध्याय धिताल

६५. कैलाली कञ्चनपुर : लभराज उपाध्याय

६६. डडेल्धुरा :

६७. बैतडी पूर्वदक्षिण: सूर्यमान श्रेष्ठ

६८. बैतडी उत्तरपश्चिम : थिरबहादुर मल्ल

६९. बझाङ : ध्वजबहादुर खड्का

७०. थलारा डोटी उत्तर: शिवनारायण खत्री क्षेत्री

७१. डोटी दक्षिण : घनश्यामप्रसाद उपाध्याय

७२. अछाम बाजुरा : शेरबहादुर रावल क्षेत्री

७३. जुम्ला उत्तर : गजेन्द्रबहादुर

७४. जुम्ला दक्षिण : रामलाल श्रेष्ठ

७५. दैलेख पश्चिम : लक्ष्मीकान्त उपाध्याय

७६. दैलेख मध्य : रन्तबहादुर मल्ल

७७. दैलेख पूर्व : चन्द्रबहादुर खत्री

७८. सल्यान उत्तर सल्यान पश्चिमोत्तर : मधुसूदन

७९. सल्यान मध्यपश्चिम : गोपाल पाण्डे

८०. सल्यान दक्षिणपूर्व : केदारनाथ उपाध्याय

८१. सल्यान मध्यपूर्व : पुरुषोत्तम नेपाली

८२. सल्यान उत्तरपूर्व : बद्रीलाल मुल्मी

८३. प्युठान उत्तरपश्चिम : रामचन्द्र प्रधान

८४ प्युठान मध्यपूर्व : हरिप्रसाद अर्ज्याल

८५. प्युठान पूर्वदक्षिण : केशवप्रसाद उपाध्याय पौडेल

८६. बागलुङ दक्षिणपश्चिम : दधिरामप्रसाद सुवेदी

८७. बागलुङ उत्तर : कृष्णलाल नेपाली

८८. बागलुङ दक्षिणपूर्व : सनकमुनि वज्राचार्य

८९. गुल्मी उत्तरपूर्व : दुर्गानाथ उपाध्याय

९०. गुल्मी उत्तरपश्चिम : भक्तिविलास पौडेल

९१: गुल्मी दक्षिण पश्चिम : टेकराज अज्र्याल

९२. गुल्मी मध्यपूर्व : कमदा भक्त

९३. पाल्पा पूर्व : लेखनाथ शर्मा पौडेल

९४. पाल्पा पश्चिम : माधवकृष्ण कोइराला

९५. नुवाकोट दक्षिणपूर्व : विष्णुप्रसाद पाँडे

९६. नुवाकोट दक्षिणपश्चिम : हिमबहादुर खत्री क्षेत्री

९७. नुवाकोट मध्य : रत्नबहादुर भट्टराई क्षेत्री

९८. नुवाकोट उत्तर : श्यामानन्द पौडेल

९९. पोखरा पश्चिम : टेकबहादुर थापा

१००. पोखरा : गोपालबहादुर प्रधान

१०१. पोखरा पूर्व : होमनाथ लोहनी

१०२. पोखरा दक्षिणपश्चिम : डम्बरबहादुर अधिकारी क्षेत्री

१०३. पोखरा दक्षिणपूर्व : होमराज पुडासैनी

१०४. गोरखा उत्तर : गुञ्जबहादुर श्रेष्ठ

१०५. गोरखा दक्षिण : हरिभक्त श्रेष्ठ

१०६. धादिङ दक्षिण : दिनानाथ उपाध्याय

१०७. धादिङ उत्तर : मुकुन्दप्रसाद भट्टराई

१०८. नुवाकोट उत्तर : जीवनराज पाण्डे

१०९. नुवाकोट दक्षिण : लक्ष्मणप्रसाद भट्टराई

नेपालभर १ सय ९ वटा निर्वाचन क्षेत्रलाई सात जोनमा विभाजन गरी प्रत्येक जोनलाई एक कमिसनरको रेखदेखमा राखिएको थियो। त्यसअन्तर्गत विराटनगरमा सदरमुकाम रहने गरी पूर्व ४ नम्बर, धनकुटा, इलाम, झापा र मोरङ जिल्लामा रहेका निर्वाचन क्षेत्र १९ देखि ३३ सम्म जम्मा १५ वटा निर्वाचन क्षेत्र पर्ने गरी कमिसनरमा सौभाग्य शमशेरलाई खटाइएको थियो।

राजविराजमा सदरमुकाम रहने गरी पूर्व १ नम्बर, पूर्व ३ नम्बर, उदयपुर, सप्तरी सिराहा र महोत्तरी सर्लाही जिल्लामा रहेका निर्वाचन क्षेत्र ११ देखि १८ र ३४ देखि ४७ सम्म जम्मा २२ वटा क्षेत्र पर्ने गरी कमिसनर प्रेमनरसिंह प्रधानलाई खटाइएको थियो।

त्यसैगरी काठमाडौँमा सदरमुकाम रहने गरी काठमाडौँ उपत्यका, पूर्व १ नम्बर, वीरगन्ज, चिसापानी, चितवन र पश्चिम १ नम्बर जिल्लामा रहेका निर्वाचन क्षेत्र १ देखि १०, ४८ देखि ५६ र १०६ देखि १०९ सम्म जम्मा २३ वटा क्षेत्र पर्ने गरी कमिसनरमा प्रद्युम्नलाल राजभण्डारीलाई खटाएको थियो।

पोखरामा सदरमुकाम रहने गरी पश्चिम २, ३ र ४। पाल्ही माझखण्ड र खजनी स्युराज जिल्लामा रहेका निर्वाचन क्षेत्र ९५ देखि १०५ र ५७ देखि ६१ सम्म जम्मा १९ वटा क्षेत्र पर्ने गरी कमिसनर रुद्रराज पाण्डेलाई खटाइएको थियो।

पाल्पामा सदरमुकाम रहने गरी प्युठान, बागलुङ, गुल्मी, पाल्पा जिल्लामा रहेका निर्वाचन क्षेत्र ८३ देखि ९४ सम्म जम्मा १२ वटा क्षेत्र पर्ने गरी कमिसनरमा भक्तबहादुर रायमाझीलाई खटाएको थियो।

त्यस्तै नेपालगन्जमा सदरमुकाम रहने गरी दैलेख, सल्यान, दाङ र बाँकेबर्दिया जिल्लामा रहेका निर्वाचन क्षेत्र ७५ देखि ८२ सम्म, ९२ देखि ९४ सम्म जम्मा ११ वटा क्षेत्र पर्ने गरी कमिसनरमा वज्रकान्त ठाकुरलाई खटाएको थियो।

त्यसैगरी डोटीमा सदरमुकाम रहने गरी कैलाली कञ्चनपुर, डडेल्धुरा, बैतडी, डोटी र जुल्मा जिल्लामा रहेका निर्वाचन क्षेत्र ६५ देखि ७५ सम्म जम्मा १० वटा क्षेत्र पर्ने गरी कमिसनर तारामान सिंह स्वारलाई खटाएको थियो।

प्रकाशित: २३ कार्तिक २०७९ १०:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =