समानुपातिक मत : एमालेले २४ लाख कटाउँदा कांग्रेसको २३ लाख (कुन दलको कति सूचीसहित)

हिमाल प्रेस ११ मंसिर २०७९ १६:२५
182
SHARES
समानुपातिक मत : एमालेले २४ लाख कटाउँदा कांग्रेसको २३ लाख (कुन दलको कति सूचीसहित)

काठमाडौँ- प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको लागि भएको निर्वाचनको मतगणना जारी छ। जारी मतगणनामा समानुपातिकतर्फ नेकपा एमालेले सबैभन्दा धेरै मत ल्याएको छ। एमालेलाई कांग्रेसले पछ्याइरहेको छ।

आज अपराह्न ४ : १५ बजेसम्म निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार एमालेले २४ लाख बढी मत ल्याइसकेको छ। कांग्रेसले २३ लाख तीन हजार ६५७ मत ल्याएको छ।

तेस्रोमा रहेको नेकपा माओवादी केन्द्रले १० लाख मत कटाएको छ। माओवादीले १औ लाख ८ हजार एकसय मत ल्याएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख ८८ हजार ९६६ मत ल्याएको छ। त्यस्तै राप्रपाले पाँच लाख १६ हजार ६८७ मत ल्याउँदा जसपाले तीन लाख दुई हजार २५१ मत ल्याएको छ।

नेकपा एकीकृत समाजवादी पार्टीले २ लाख २७ हजार ४९ मत ल्याएर थ्रेसहोल्डका लागि संघर्ष गरिरहेको छ। जनमत पार्टीले पनि २ लाख ३५ हजार १४४ मत ल्याएर थ्रेसहोल्ड कटाउने प्रयास गरिरहेको छ। अन्य दलको भने थ्रेसहोल्ड कट्ने सम्भावना न्युन छ।
प्रतिनिधिसभा तथा प्रदेशसभाअन्तर्गत प्रत्यक्षतर्फको मतगणना भने अन्तिम चरणमा पुगेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − fourteen =