३२.४३ अंकले बढ्यो नेप्से, २ अर्ब २ करोडको कारोबार

हिमाल प्रेस ११ मंसिर २०७९ १५:३७
12
SHARES
३२.४३ अंकले बढ्यो नेप्से, २ अर्ब २ करोडको कारोबार

काठमाडौँ– साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक (नेप्से) ३२.४३ अंकले बढेको छ।

कारोबार सुरु भएदेखि उकालो लागेको परिसूचक १९६६ बिन्दुमा पुगेर रोकिएको हो।

आइतबार कारोबार रकममा पनि वृद्धि भएको छ। कुल २३३ कम्पनीको ४२ लाख २३ हजार कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब २ करोड ५४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

आइतबार १६९ कम्पनीको सेयर मूल्य बढेको छ भने २० कम्पनीको मूल्य घटेको छ। २ कम्पनीको मूल्य भने स्थिर रहेको छ।

आइतबार कारोबार रकमका हिसाबले हिमालयन डिस्टिलरी लिमिटेड पहिलो नम्बरमा रह्यो। यसको ४५ करोड ४ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

नबिल बैंकको १२ करोड रुपैयाँको कारोबार भएको छ भने नेपाल टेलिकमको ९ करोड ७९ लाख रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ। आइतबार डिप्रोस लघुवित्त, जीवन विकास लघुवित्त, कुमारी बैंक लिमिटेडलगायतका लगानीकर्ताले बढी कमाएका छन्।

आइतबार सामूहिक लगानी कोषबाहेक सबै उपसमूहको सूचक बढेको छ।

प्रकाशित: ११ मंसिर २०७९ १५:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =