खाद्य र ऊर्जा संकट समाधानमा चिनियाँ प्रस्तावले दिएको सन्देश

अजय अलौकिक १२ मंसिर २०७९ ७:४९
38
SHARES
खाद्य र ऊर्जा संकट समाधानमा चिनियाँ प्रस्तावले दिएको सन्देश

गत नोभेम्बर १५ तारिख विश्वको जनसंख्या ८ अर्ब पुग्यो। यो तथ्यांकलाई मानवजातिको यस ग्रहमाथि निरन्तर फहराइरहेको विजयको झण्डाका रूपमा लिन सकिन्छ। एक हिसाबले जनसंख्या वृद्धि मानव अस्तित्वमाथि खतरा पनि बनेको छ। जनसंख्याको वृद्धिले निम्त्याएको गरिबी, खाद्य संकट, ऊर्जा संकटले मानव विकासमा ठूलो असर पारिरहेको छ। यस्तो परिस्थितिमा कोभिड-१९ महामारी मानवका लागि ठूलो कहर बनेको छ।

वर्तमान विश्वमा भूराजनीतिक अवस्थिति र कारण, महामारी तथा विविध संकटका साथै जलवायु परिवर्तनजस्ता चुनौतीले आर्थिक गतिविधिमाथि ब्रेक लगाएको छ। सँगसँगै विश्व अर्थतन्त्र सुस्ताउनुबाहेक गरिबी र भोकमरी ठूलो संकट बन्ने स्पष्ट देखिन्छ।

यस्तै विश्व आर्थिक संकटको सामना गर्न र वैश्विक सुशासनको प्रवर्द्धनका लागि नयाँ अवसर र प्रेरणा थप्ने हेतुले जी-२० को स्थापना भएको छ। जी-२० विश्वका प्रमुख विकसित र उदीयमान अर्थतन्त्रलाई जोड्ने रणनीतिक बहुपक्षीय मञ्च हो। जी-२० ले विश्वव्यापी आर्थिक वृद्धि र समृद्धि हासिल गर्न रणनीतिक भूमिका निर्वाह गर्दै आएको छ। जी-२० का सदस्य राष्ट्रहरूले विश्वको कुल गार्हस्थ्य उत्पादनको ८५ प्रतिशत, अन्तर्राष्ट्रिय व्यापारको ७५ प्रतिशत र विश्व जनसंख्याको ६० प्रतिशत भागको प्रतिनिधित्व गर्दछ।

यसैगरी एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) पनि एउटा क्षेत्रीय आर्थिक मञ्च हो, जसको जन्म शीतयुद्धको अन्त्यमा भएको थियो। २०औँ शताब्दीको ८० को दशकको अन्त्यतिर शीतयुद्धको अन्त्यसँगै अन्तर्राष्ट्रिय परिस्थिति क्रमशः सहज बन्दै गएपछि आर्थिक भूमण्डलीकरण, व्यापार तथा लगानीमा उदारीकरण हुँदै गएको हो।

योसँगै विश्व अर्थतन्त्रमा एसियाको हिस्सा पनि उल्लेख्य रुपमा बढ्दै गएको देखिन्छ। कोभिड-१९ महामारीमा एपेकले यस क्षेत्रको आर्थिक कल्याणमा प्रभाव पार्ने चुनौतीको सामना गर्न सक्दो प्रयास गरिरहेको पनि छ।

यसरी विश्व अर्थतन्त्रलाई जोड्ने, विश्व अर्थतन्त्रको वृद्धि तथा समृद्धि र विश्व शान्ति सँगसँगै एकआपसमा हातेमालो गरेर अघि बढ्ने उद्देश्य बोकेका यी दुई सम्मेलन हालै आयोजना भएका छन्। नोभेम्बर १५-१६ मा इन्डोनेसियामा जी-२० सम्मेलन तथा एपेक सम्मेलन नोभेम्बर १८-१९ मा थाइल्यान्डमा आयोजना भएका हुन्।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले ८ अर्ब जनसंख्या, एकै मानवजाति शीर्षकको लेख प्रकाशित गरी मानवजातिको परिवार ठूलो बनेसँगै असमान समस्या झनै भयंकर हुँदै आएको जनाए। उनले खाद्य र ऊर्जा संकटले सबैभन्दा ठूलो प्रभाव पारेको पनि उल्लेख गरेका छन्।

गरिबी, महँगी, खाद्य संकट, जलवायु परिवर्तनको चुनौती, प्राकृतिक प्रकोपबाट हुने क्षति, मानवीय कारणबाट हुने क्षति, रूस युक्रेन युद्ध, शीतयुद्धको आशंका, चीन-अमेरिकाबीचको तनाव यी विविध समस्याबीच कालो बादलमा चाँदीको घेरा भनेजस्तै यस्तो अवस्थामा यी दुई महत्त्वपूर्ण सम्मेलन सफलताका साथ सम्पन्न भएका छन्।

बालीमा १६ तारिख सम्पन्न १७औँ जी-२० समूह नेता स्तरीय शिखर सम्मेलनले ‘जी-२० समूह नेताहरूको बाली शिखर सम्मेलन घोषणा’ पारित गरेको छ। उक्त घोषणाअनुसार विश्वको सबैभन्दा ठूलो आर्थिक समूह भएकाले जी-२० समूहका सदस्यहरूले विश्व आर्थिक पुनःउत्थानलाई प्रवर्द्धन गर्न, विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न तथा बलियो, दिगो, सन्तुलित र समावेशी वृद्धिको जग बसाल्न सामूहिक जिम्मेवारी लिनुपर्ने र सहयोगात्मक कदम चाल्नुपर्ने आवश्यकता छ।

घोषणामा भनिएको छ, ‘यो महत्त्वपूर्ण घडीमा जी-२० समूहले ठोस, सटीक र द्रुत कदम चाल्नुपर्दछ। जी-२० समूहले विकासोन्मुख देशहरू, विशेष गरी अल्पविकसित, साना टापु र विकासशील राष्ट्रहरूलाई सहयोग गर्न तथा विश्वव्यापी चुनौतीको सम्बोधन गर्न र दिगो विकास लक्ष्य प्राप्तिका लागि सहयोग गर्न प्रतिबद्ध रहनेछ।’

सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङले ‘समयका चुनौतीको सामना गर्ने र सँगसँगै उज्ज्वल भविष्यको निर्माण गर्ने’ शीर्षकमा महत्त्वपूर्ण सम्बोधन गरेका थिए। राष्ट्रपति सीले मानव विकासले अहिले ठूलो चुनौतीको सामना गरिरहेको औँल्याउँदै सबै देशहरूले मानवजातिको साझा भविष्यको साथ समुदायको भावना स्थापना गर्नुपर्ने बताए।

उनले भने, ‘सबै देशले मानवजातिको साझा भविष्यको साथ समुदायको भावना स्थापित गर्नुपर्छ, जी-२० का सदस्य देशहरूले प्रमुख देशको जिम्मेवारी वहन गर्नुपर्छ, प्रत्येक देशको विकास खोज्नुपर्छ, मानव जातिको कल्याण खोज्नुपर्छ र विश्वको प्रगति खोज्नुपर्छ।’ राष्ट्रपति सीले वर्तमान परिस्थितिमा थप समावेशी विश्व विकासलाई प्रवर्द्धन गर्नुपर्ने पनि औँल्याए।

उनले वास्तविक विकास सबै देशको साझा विकास भएको भन्दै सन् २०२१ मा विश्वव्यापी विकास पहल (ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ) प्रस्तुत गरिनुको उद्देश्य विश्वका सबै देशको साझा विकास र प्रगतिलाई प्रवर्द्धन गर्नु रहेको पनि बताए। राष्ट्रपति सीले विश्व आर्थिक पुनःउत्थानका लागि साझेदारी निर्माण गर्न, विकासलाई प्राथमिकतामा राख्न, जनतालाई केन्द्रमा राख्न, विकासोन्मुख देशहरूको कठिनाइलाई सधैँ मनमा राख्न पनि आग्रह गरे।

चिनियाँ राष्ट्रपति सीले ‘विकास’ लाई केन्द्रीय शब्द बनाएर सम्बोधन गर्दै जी-२० सदस्यसमक्ष अझ समावेशी, सार्वभौमिक हितकारी र लचिलो वैश्विक विकासको प्रवर्द्धन गरी तीनबुँदे प्रस्ताव प्रस्तुत गरेका थिए। विकास नै सबै समस्याको समाधानको मुख्य बिन्दु हुनुका साथै पुनःउत्थानलाई प्रवर्द्धन गर्ने केन्द्रीय शक्ति पनि हो। चिनियाँ राष्ट्रपतिले विश्व विकासको क्षेत्रमा खाद्य र ऊर्जा सबैभन्दा ठूलो चुनौती रहेको पनि औँल्याए।

संयुक्त राष्ट्रसंघले विश्वको जनसंख्या ८ अर्ब पुगेको जनाउँदै यसले मानवजातिको विकासका लागि कोसेढुंगे अर्थ बोक्नुबाहेक अनेकन् समस्या खडा गरेको उल्लेख छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले ८ अर्ब जनसंख्या, एकै मानवजाति शीर्षकको लेख प्रकाशित गरी मानवजातिको परिवार ठूलो बनेसँगै असमान समस्या झनै भयंकर हुँदै आएको जनाए। उनले खाद्य र ऊर्जा संकटले सबैभन्दा ठूलो प्रभाव पारेको पनि उल्लेख गरेका छन्।

जी-२० बाली शिखर सम्मेलनमा सम्बोधन गर्दै  चीनका राष्ट्रपति सी चिनफिङले विभिन्न मुलुकले मानवजाति भाग्य समुदाय चेतनाको स्थापना गर्नुपर्ने आग्रह गरे।उनले विभाजनको ठाउँमा एकता, द्वन्द्वको साटो सहयोग तथा संकीर्णको सट्टा उदार अवधारणा लिनुपर्ने बताए, जुन यी समस्या समाधानका लागि चिनियाँ प्रस्ताव पनि हो।

राष्ट्रपति सीले एउटै वैश्विक गाउँमा विभिन्न चुनौती देखापरेकाले सँगै मिलेर विकास गर्नुपर्ने भन्दै सबैले आपसी सम्मानका साथ शान्तिपूर्ण सहअस्तित्व तथा खुलापनयुक्त विश्व अर्थतन्त्रको रचनाका लागि प्रवर्द्धन गर्नुपर्ने दोहोर्‍याएका छन्।

नोभेम्बर १८ तारिख चिनियाँ राष्ट्रपति सीले एपेक सम्मेलनलाई सम्बोधन गर्दै नयाँ परिस्थितिमा हातमा हात मिलाउँदै एसिया प्रशान्त भाग्य समुदायको निर्माणका लागि चारबुँदे प्रस्ताव प्रस्तुत गरेका थिए। पहिलो, स्थिर एसिया-प्रशान्तको निर्माणका लागि अन्तर्राष्ट्रिय निष्पक्ष र न्यायको संरक्षण गर्ने। दोस्रो, साझा दृढ एसिया-प्रशान्तको निर्माणका लागि खुलापन र सहिष्णुताको पालना गर्ने। तेस्रो, स्वच्छ र सुन्दर एसिया-प्रशान्तको निर्माणका लागि हरित तथा कम-कार्बनको दिगो विकास गर्ने। चौथो, आपसी सहयोगमा एसिया-प्रशान्तको साथै भाग्यको समुदायको संयुक्त रूपमा निर्माण गर्ने।

राष्ट्रपति सीका ४ बुँदे प्रस्तावले एसिया प्रशान्त भाग्य समुदायको स्थापना, एसिया प्रशान्त सहकार्यलाई गहन पार्ने तथा क्षेत्रीय प्रवर्द्धनलाई बढाउन  दिशानिर्देश गर्नुका साथै सशक्त जीवन्त शक्ति थपिदिएको छ।

विश्वको ८ अर्ब जनसंख्यामध्येको एक महत्त्वपूर्ण अंश चीनले विश्वशान्ति संरक्षण, साझा विकासको प्रवर्द्धन तथा मानव भाग्य समुदायको रचनामा अडिग रहेर अन्तर्राष्ट्रिय सहयोगलाई अझ बलियो शक्ति प्रदान गरी समस्त मानवजातिको प्रगतिमा योगदान गर्दै आएको छ।

सीले नोभेम्बर १७ मा आयोजित एपेकअन्तर्गत वाणिज्य नेता शिखर सम्मेलनमा पनि प्रारम्भिक उद्देश्यमा अडिग रहेर संयुक्त रूपमा विकासलाई बढाउँदै एसिया तथा प्रशान्त क्षेत्रको सहयोगमा नयाँ अध्याय खोल्ने शीर्षकमा सम्बोधन गरेका थिए। उनले एसिया तथा प्रशान्त क्षेत्रको भाग्य समुदायको रचना गर्न दृढताका साथ प्रवर्द्धन गरी एसिया तथा प्रशान्त क्षेत्रको स्थिर तथा समृद्ध विकासमा थप योगदान गर्न आग्रह गरेका थिए।

आधुनिकीकरणतर्फ अघि बढिरहेको चीनले विश्वका लागि थप अवसर प्रदान गर्दै विश्वशान्ति, साझा विकास, मानव भाग्य समुदायको रचनामा अडिग रहेर अन्तर्राष्ट्रिय सहयोगलाई अझ बलियो शक्ति प्रदान गरी समस्त मानवजातिको उन्नति, प्रगतिलाई अझै ठूलो योगदान दिने नै छ।

एपेकको महत्त्वपूर्ण सदस्य चीनका तर्फबाट राष्ट्रपति सीले सन् २०१३ यता पटकपटक सम्बोधन गर्दै एसिया प्रशान्त भाग्य समुदायको स्थापना गर्ने सैद्धान्तिक अडानलाई प्रकाश पारेका छन्। चीन विश्वमा देखिएका साझा चुनौतीको सामना गर्न विभिन्न पक्षलाई एकताबद्ध गर्ने निर्देशनात्मक शक्ति बनेको छ। आधुनिकीकरण लक्ष्यतर्फ निरन्तर अगाडि बढिरहेको चीनले आफ्नो विकासमार्फत एसिया प्रशान्त क्षेत्र र पूरै विश्वका लागि नयाँनयाँ अवसर सिर्जना गर्दै जाने निश्चित छ।

चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ महाधिवेशनको प्रतिवेदनले पनि वैदेशिक खुलापनको आधारभूत राष्ट्रिय नीति, आपसी र साझा हितयुक्त खुलापन रणनीतिमा अडिग रहेर विश्वलाई नयाँ सुअवसर प्रदान गरिरहने प्रतिबद्धता दोहोर्‍याएको छ।

पार्टी महासचिव तथा राष्ट्रपति सीले चीनले विभिन्न मुलुक र पक्षबीच चिनियाँ बजारको अवसर, प्रणालीगत खुलापनको अवसर, अन्तर्राष्ट्रिय सहयोगको अवसरलाई साझा गर्दै जाने बताएका छन्। विश्लेषकका अनुसार यी तीनवटा अवसरले विश्वको अर्थतन्त्रको पुनःउत्थानमा सशक्तता थपेको छ।

नोभेम्बर पहिलो साता साङहाईमा आयोजित पाँचौँ चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोले पनि चीनको उच्चस्तरीय खुलापन तथा साझा विकास प्रवर्द्धनको चिनियाँ अठोट व्यक्त भएको छ।

यसैबीच सीपीसी महाधिवेशनपछि चिनियाँ राष्ट्रपति सीले आफ्नो कूटनीतिक कदम पनि बढाएका छन्। उनले बाली टापुमा जी-२० शिखर सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेन, संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसलगायत अन्य ८ राष्ट्रप्रमुखसँग भेटवार्ता गरेका थिए। यसै गरी एपेक सम्मेलनका क्रममा पनि भेटवार्ता भएका छन्।

कोभिड-१९ महामारीको अवधिमा उनको पहिलो विदेश भ्रमण भने कजाख्स्तान थियो। यसै वर्षको सेप्टम्बरमा साङहाई कर्पोरेसन अर्गनाइजेसन (एससीओ) सम्मेलनमा सहभागी हुन उज्वेकिस्तान गएका उनी पहिले कजाख्स्तान पुगेका थिए।

आधुनिकीकरणतर्फ अघि बढिरहेको चीनले विश्वका लागि थप अवसर प्रदान गर्दै विश्वशान्ति, साझा विकास, मानव भाग्य समुदायको रचनामा अडिग रहेर अन्तर्राष्ट्रिय सहयोगलाई अझ बलियो शक्ति प्रदान गरी समस्त मानवजातिको उन्नति, प्रगतिलाई अझै ठूलो योगदान दिने नै छ।

अन्त्यमा, धर्तीमा गम्भीर र पेचिलो बन्दै गएको खाद्यान्न तथा ऊर्जा संकट तथा गरिबी निवारण र जलवायु परिवर्तनका चुनौतीको संयुक्त रूपमा मिलेर सामना गर्न सकियोस्। खाद्य र ऊर्जाका मुद्दाहरूमा भएका राजनीतिकरण, एकपक्षीय प्रतिबन्धहरू तथा वैज्ञानिक र प्राविधिक सहयोगमा लगाइएका प्रतिबन्धहरू हटाउँदै उदार विश्व र समग्र विश्व विकासलाई बढाउन एकता नै शक्ति हो भन्ने मूल मन्त्रको साथ एकताबद्ध रहेर मानव जितको इतिहास रच्न सकियोस्।

प्रकाशित: १२ मंसिर २०७९ ७:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − six =