खोटाङमा समानुपातिकतर्फ एमालेलाई सबैभन्दा बढी मत

हिमाल प्रेस १० मंसिर २०७९ १३:२७
10
SHARES
खोटाङमा समानुपातिकतर्फ एमालेलाई सबैभन्दा बढी मत

खोटाङ- प्रतिनिधिसभा समानुपातिकतर्फ खोटाङमा एमालेले सबैभन्दा बढी मत प्राप्त गरेको छ। एक लाख ४२ हजार सात सय ९२ मतदाता रहेको जिल्लामा प्रतिनिधिसभा समानुपातिकतर्फ खसेको ६७ हजार ९८९ मतमध्ये एमालेलाई २४ हजार २७१ मत प्राप्त भएको हो।

खोटाङबाट साना तथा ठूला गरी ४७ दलले समानुपातिक मत पाएका छन्। कतिपय दलले एक मत पनि पाएका छन्। प्रतिनिधिसभा समानुपातिकतर्फ तीन हजार ६ सय २० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रतिनिधिसभा समानुपातिकमा कांग्रेसलाई १८ हजार ६ सय ७२, माओवादी केन्द्रलाई ११ हजार आठ सय ४५, एकीकृत समाजवादीलाई तीन हजार ३६, जसपालाई दुई हजार दुई सय ४८, राप्रपालाई एक हजार दुई सय ५५ मत प्राप्त भएको छ। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि एक हजार चार सय ९७ मत पाएको छ।

आमूल परिवर्तन मसिहा पार्टीलाई एक सय ५३, मंगोल नेसनल अर्गनाइजेसनलाई एक सय २१, राष्ट्रिय जनमोर्चाको ४५, नेपाल मजदुर किसान पार्टीको ८५, लोकतान्त्रिक समाजवादी पार्टीको २५, जनमत पार्टीको ४३, मौलिक जरोकिलो पार्टीको तीन, नेपाल समावेसी पार्टीको ३६, हाम्रो नेपाली पार्टीको ५५, जनता प्रगतिशिलको ९, नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीको आठ, राष्ट्रिय नागरिक पार्टीको दुई मत आएको छ।

प्रकाशित: १० मंसिर २०७९ १३:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =