मत गणनाको अन्त्यतिर पछि परे सुवास नेम्वाङ

हिमाल प्रेस १० मंसिर २०७९ १३:०३
14
SHARES
मत गणनाको अन्त्यतिर पछि परे सुवास नेम्वाङ

काठमाडौँ- मत गणना सकिन लाग्दा इलाम २ का प्रतिनिधिसभाका उम्मेदवार सुवास नेम्वाङ पहिलो पल्ट पछि परेका छन्। उनी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कासँग १६ मतले पछि परेका हुन्। हालसम्म नेम्वाङले अग्रता लिदै आएका थिए।

अब इलाम नगरपालिकाका २ वडाको मत गणना हुन बाँकी छ। नेम्वाङले २८ हजार ४ सय ७० मत प्राप्त गर्दा खड्काले २८ हजार ४ सय ८६ मत लिएर अग्रता कायम गरेका हुन्।

अब खड्का र नेम्वाङ को विजेता बन्‍ने भन्‍ने निर्णायक जवाफ दुई वडाले दिनेछन्। गणना हुन बाँकी २ वडामध्ये वडा नम्बर १ साखेजुङ नेपाली कांग्रेसको र वडा नम्बर २ सुम्बेक एमालेको जनमत भएको मानिन्छन्। झिनो मतान्तर रहेकाले आफै जित निकाल्ने दुवै पार्टीका कार्यकर्ताको दाबी छ।

 

प्रकाशित: १० मंसिर २०७९ १३:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 12 =