काभ्रे १ मा माओवादीका सूर्यमान विजयी

हिमाल प्रेस १० मंसिर २०७९ ६:४७
2
SHARE
काभ्रे १ मा माओवादीका सूर्यमान विजयी

काठमाडौँ- काभ्रेको प्रतिनिधिसभा क्षेत्र नं १ मा माओवादी केन्द्रका उम्मेदवार सूर्यमान दोङ निर्वाचित भएका छन्। ३ हजार ९२८ को फराकिलो मतान्तरले दोङ निर्वाचित भएका हुन्।

माओवादी केन्द्रका दोङले ३४ हजार ५१२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार रेशम लामाले ३० हजार ९२८ मत प्राप्त गरेका छन्। क्षेत्र नं १ मा रेशमपछि राष्ट्रिय स्वतन्त्र पार्टिका उम्मेदवार बासुनारायण श्रेष्ठ तेस्रो स्थानमा छन्। उनले ८ हजार ६९६ मत पाएका छन् ।

यसअघि २०६४ मा भएको संविधानसभा सदस्य निर्वाचनमा सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका दोङ उर्जा राज्यमन्त्री समेत बनेका थिए। काभ्रेको क्षेत्र नं १ मा मतगणना सम्पन्न भई मतपरिणाम सार्वजनिक भएसँगै काभ्रेका दुई प्रतिनिधि र चार प्रदेश निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फको मतगणना कार्य सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

काभ्रेको प्रतिनिधिसभा क्षेत्र नं २ मा नेकपा एमालेबाट गोकुलप्रसाद बाँस्कोटा विजयी भएका छन् भने चार वटै प्रदेशसभामा गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन्।

प्रकाशित: १० मंसिर २०७९ ६:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 17 =