सुदूरपश्‍चिममा नागरिक उन्मुक्तिको उदय, माओवादी केन्द्र शून्य

हिमाल प्रेस ९ मंसिर २०७९ १५:१६
14
SHARES
सुदूरपश्‍चिममा नागरिक उन्मुक्तिको उदय, माओवादी केन्द्र शून्य

धनगढी– सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा नागरीक उन्मुक्ति पार्टिको उदय भएको छ।

सुदूरपश्चिम प्रदेशको कैलालीका ३ वटा निर्वाचन क्षेत्रमा नागरीक उन्मुक्ति पार्टी विजयी भएको छ।

कैलाली १ मा रेशम चौधरीपत्नी रञ्‍जिता श्रेष्ठले ३० हजार ४ सय ४ मत ल्याई विजय हासिल गरिन्। कैलाली २ मा नागरीक उन्मुक्ति पार्टिका अरुण कुमार चौधरीले २१ हजार ८ सय ७१ मत सहित विजयी भएका छन्।

यस्तै कैलाली ३ मा नागरीक उन्मुक्ति पार्टिका गंगाराम चौधरी २३ हजार १ सय २० मतसहित संसद्‍मा पुगेका छन्। नागरीक उन्मुक्ति पार्टिले प्रदेश सभामा ५ सिटमा विजय प्राप्त गरेको छ।

सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभामा जित शून्य भएको छ। सुदूरपश्चिम प्रदेशका १६ सिटमध्ये सत्तागठबन्धनमा सिट बाँडफाँड हुँदा माओवादी केन्द्रले ४ सिट भागमा पाएको थियो तर भाग पाएका सबै ठाउँमा माओवादीका उम्मेदवारले हार व्यहोर्नु पर्‍यो।

कैलाली क्षेत्र नम्बर २ र ३, कञ्चनपुरको क्षेत्र नम्बर १ र बैतडीमा माओवादीका उम्मेदवारले चुनाव लडेका थिए। चुनाव लडेका ४ वटै ठाउँमा माओवादीका उम्मेदवारले पराजय व्यहोरेका छन्।

कैलाली २ मा माओवादीका उम्मेदवार भगत बडुवाललाई पराजित गर्दै नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरीले जित हात पारेका छन्।

यस्तै कैलाली ३ मा पनि नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी माओवादीका संविधानसभासदस्यसमेत रहेका कृष्णकुमार चौधरीलाई पराजित गर्दै विजयी भएका छन्।

कञ्चनपुर १ मा पूर्वखानेपानीमन्त्रीसमेत रहेकी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की बुहारी बिना मगर पराजित बनेकी छन्। यहाँ नेकपा एमालेका तारा लामा तामाङ विजयी बनेका छन्।

यस्तै बैतडीमा पनि माओवादीलाई हराउँदै एमालेले जितेको छ। बैतडीमा माओवादीका नरेन्द्र कुँवरलाई पराजित गर्दै एमालेका दामोदर भण्डारी विजयी भएका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =