कैलाली ५ मा गठबन्धनको ‘क्लिन स्विप’

हिमाल प्रेस ९ मंसिर २०७९ १२:०१
10
SHARES
कैलाली ५ मा गठबन्धनको ‘क्लिन स्विप’

धनगढी- कैलालीको क्षेत्र नं ५ मा गठबन्धनले ‘क्लिन स्विप’ गरेको छ। प्रतिनिधिसभामा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका डिल्लीराज पन्त विजयी भएका छन्। नेकपा एमालेका नारदमुनि रानालाई पराजित गर्दै पन्त प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्।

पन्तले २१ हजार ३९२ मत प्राप्त गर्दै जित निकाल्दा उनका प्रतिद्वन्द्वी एमालेका रानाले २० हजार ३ सय १८ मत पाएका छन्। मतगणनाको सुरूवातदेखि अग्रता लिएका रानालाई पन्तले पछि पारेका थिए।

यसअघि यो क्षेत्रबाट कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवा उम्मेदवार बन्ने चर्चा थियो तर उनी समानुपातिकमा बसेपछि पन्तले टिकट पाएका हुन्। पन्त सुरुमा प्रदेश सभा ९२० बाट सिफारिस भएका थिए। उनी प्रतिनिधिसभाका लागि उम्मेदवार भएपछि प्रकाश देउवा उम्मेदवार भए।

गठबन्धनका साझा उम्मेदवार देउवाले ९ हजार ५९१ मत प्राप्त गरी विजयी भएका छन्। देउवाको निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले० का दुर्गा जोशीले ६ हजार ३५१ मत प्राप्त गरे।

त्यसैगरी, प्रदेश सभा ९१० बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार रमेशसिंह धामी विजयी भएका छन्। धामीले ९ हजार ३ सय ८७ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार नेपालु चौधरीले ९ हजार २ सय ६२ मत प्राप्त गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =