मोरङ ३ मा सुनिल शर्माको विजय निश्चित

हिमाल प्रेस ९ मंसिर २०७९ ११:०५
14
SHARES
मोरङ ३ मा सुनिल शर्माको विजय निश्चित

इटहरी- मोरङ ३ को प्रतिनिधिसभातर्फ कांग्रेसका सुनिल शर्मा निर्वाचित हुने निश्चित भएको छ। गन्न बाँकी मतभन्दा उनले बढाएको मतान्तर बढी भएकाले शर्माको जित निश्चित भएको हो।

अहिलेसम्म गणना भएको ८२ हजार ४७८ मतमा शर्माले ४१ हजार २६८ मत पाएका छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका भानुभक्त ढकालले २१ हजार ६७० मत प्राप्त गरेका छन्। राप्रपाकी रेखा थापाले ९ हजार ४८९ मत ल्याएकी छन्।

शर्मा र ढकालबीचको मतान्तर १९ हजार ५९८ छ। गन्न बाँकी मत भने १४ हजार ८९९ मात्रै छ।

प्रकाशित: ९ मंसिर २०७९ ११:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + one =